Logo

चीनबाट फर्किएका व्यक्तिमा कोरोना आशंका, सेती अस्पतालमा भर्ना


चीनबाट फर्किएका एक व्यक्तिलाई कोरोनाभाइरसको आशंकामा धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको छ।

ज्वरो र छाती दुख्ने समस्या देखिएपछि उक्त व्यक्तिलाई बिहीबार आइसोलेसनमा भर्ना गरिएको अस्पतालका चिकित्सक जगदिश जोशीले जानकारी दिए।

‘हामीले हिजै उहाँको नमूना लिएका छौं। आज काठमाडौं पठाउने तयारी छ,’ उनले भने।

यसअघि तीन जना कोरोनाको आशंकामा आइसोलेसनमा भर्ना गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको जोशीले बताए।

अहिले सेती प्रादेशिक अस्पतालमा दुइटा आइसोलेसन बेड छन्। काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र कोरोनाको परीक्षण गर्न मिल्ने भएकाले देशभरि जुन ठाउँको पनि परीक्षण गर्नुपरे काठमाडौं नै पठाउनुपर्ने हुन्छ।

 

 

 

 

 

 

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्