Logo

सिरियामा तैनाथ अमेरिकी सेनाले सिरियाबाट झन्डै ५० टन सुन अमेरिका पुर्याएको खुलासा


सिरियामा तैनाथ अमेरिकी सेनाले त्यहाबाट ठूलो परिमाणमा सुन अमेरिका पुर्याएको तथ्य खुलासा भएको छ । रिपोर्टमा जनाएअनुसार उक्त सुन आइएसआइएसले कब्जा गरेको क्षेत्रबाट अमेरिका लगिएको हो ।

कुर्दिश बास न्युज एजेन्सीको श्रोतले उल्लेख गरेअनुसार अमेरिकी सेनाले आइएसआइएस आतंककारीहरुले कब्जा गरेको पूर्वी सिरियाबाट झन्डै ५० टन सुन आफ्नो कब्जामा लिएर अमेरिका पठाएको थियो । साथै सानो अंश सिरियन कुर्दिशहरुको सशस्त्र समूह पिपुल्स प्रोटेक्सन युनिट (वाईपीजी)लाई समेत दिएको समाचारमा उल्लेख छ ।

सुन अमेरिकी सेनाको आधार शिविर रहेको कोबानीमा जम्मा गरेर त्यहाँबाट अमेरिका पठाइएको थियो ।

यसैगरि आइएसआइएस आतंककारीहरुले इराकको मोसुलबाट चोरेको ४० टन सुनका ढिक्कासमेत अमेरिकी सेनाको हातमा आएको र सोसमेत अमेरिका पुर्याएको रिपोर्टमा उल्लेख छ ।

स्थानीय श्रोतहरुले सिरियाको सरकारी समाचार एजेन्सी एसएएनएसंग दावी गरेअनुसार अमेरिकी सेनाले आइएसआइएस आतंककारीहरुको दक्षिणी हासाकाह प्रान्तको अल-दाशिशेह क्षेत्रमा रहेको सुनको भण्डार आफ्नो कब्जामा लिएको थियो ।

अमेरिकी सेनाले कब्जामा लिएका आतंककारी समूहका नेता तथा लडाकुहरुले सुन लुकाइएको ठाउँको बारेमा सूचना उपलब्ध गराएका थिए ।

स्थानीय श्रोतको यो दावी युकेमा आधारित सिरियन अब्जर्भेटरि अफ ह्युमन राइट्स भन्ने संस्थाको भनाइसंग मेल खान पुगेको समेत समाचारमा उल्लेख छ । उक्त मानव अधिकारवादी संस्थाले पनि अमेरिकीहरुको सहयोगी वाईपीजी पनि आतंककारीहरुले डेरएल-जोउर भन्ने स्थानमा छोडेको सुनको खोजीमा रहेको जनाएको थियो ।

‘अमेरिकाद्वारा नेतृत्व गरिएको संयुक्त फौज र सिरियन डेमोक्र्याटिक फोर्स (एसडिएफ)ले आतंककारीहरुले कब्जा जमाएको पूर्वी युफ़्रेटसमा डेरएल-जोउर क्षेत्रलाई आफ्नो निशाना बनाएका थिएनन् । अमेरिकीहरु त्यहाँ रहेका आतंककारी समूहका लडाकुहरुलाई घेराबन्दीमा पारेर सुन कहाँ भण्डारण गरिएको छ भन्ने सुचना प्राप्त गर्न चाहन्थे’, श्रोतले आइएसआइएसको सम्पर्क शुत्रको हवाला दिंदै बताएको थियो ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्