Logo

बेलायती स्वास्थ्यमन्त्रीलाई कोरोना भाइरस संक्रमण


२८ फागुन २०७६

एजेन्सी । बेलायती स्वास्थ्यमन्त्री तथा कन्जरभेटिभ पार्टीकी सांसद नदिन डोरिजले आफुलाई नोवेल कोरोना भाइरसको संक्रमण भएको बताएकी छिन। कोभिड-१९ भाइरसको संक्रमण भएको पुष्टि भए पछि बेलायती स्वास्थ्यमन्त्री अहिले आफ्नै धरमा सेल्फ आइसोलेशनुसमा रहेर उपचारमा रहेकी छिन्।

डोरिजले ट्टीटमा आफुसंगै बस्दै आएकी ८४ बर्षिया आमाको चिन्ता समेत गरेकी छिन। उनकी आमाको भोली नै स्वास्थ्य परीक्षण हुदैछ। सम्बन्धित सबैमा सुरक्षित रहनको लागि आवश्यक सतर्कता अपनाउन समेत ट्टीटमा अनुरोध गरेकी छिन। बेलायतमा कोरोना भाइरसको संक्रमणबाट ६ जनाको मृत्यु भइसकेको छ भने ३८२ जना संक्रमित भएका छन्।

बेलायतका स्वास्थ्य विभागका अनुसार बिहिबार परीक्षण गर्दा संक्रमणको लक्षण देखिएको थियो। सो दिन उनी प्रधानमन्त्रीले डाउनिङ स्ट्रिटमा आयोजना गरेको कार्यक्रममा सहभागी समेत भएकी थिइन। 

कोरोना भाइरस संक्रमण देखिएको पुष्टि भएपछि ६२ बर्षिया स्वास्थ्यमन्त्री डोरिजले ट्विट गर्दै भनेकी छिन् “साह्रै खराब भयो तर मलाई जहा सम्म लाग्छ म यसको सबै भन्दा खराब अवस्थामा छु” 

स्वास्थ्यमन्त्री डोरिजमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएपछि पब्लिक हेल्थ इंल्याण्डले डोरिजको सम्पर्कमा आएका मानिसको लगत निकाल्न थालेको छ। उनले कुन कुन ठाउमा कहा भेटधाट गरिन भन्ने यकिन भइसकेको छैन। 

प्रधानमन्त्री बोरिस जोन्सनले आयोजना गरेको कार्यक्रममा डोरिज सहभागी रहेकी थिइन्। उनी सहभागी कार्यक्रम भएकाले प्रधानमन्त्रीको पनि कोरोना परीक्षण भए नभएको वा परीक्षण गरिने नगरिने भन्नेबारेमा केही सार्वजनिक नभएको बिबिसीले आफ्नो समाचारमा लेखेको छ। 

स्वास्थ्य सचिव म्याट हानक सहित डोरिजको सम्पर्कमा आएका सबै सरकारी अधिकारीहरुको कोरोना भाइरस परीक्षण गरिने छ। बेलायत सरकारले अहिले सम्म २५ हजार वटा कोरोना भाइरस संक्रमणको परीक्षण गरिसकेको छ। बेलायतले आफ्नो परीक्षण क्षमता विस्तार गरी प्रतिदिन १५ सयबाट १० हजार पुराउने तयारी थालेको बिबिसीले जनाएको छ। 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्