विधान विपरित भएको निर्णय सच्याउने माग सहित पौडेल पक्षले देउवालाई पत्र लेख्यो

काठमाण्डौ – कांग्रेस सभापति सभापति शेरबहादुर देउवाले विधान विपरित नवलपरासी पश्चिम जिल्लाका कार्यवाहक सभापति अर्जुन पोखरेललाई हटाएर आफू निकटका विष्णु पौडेललाई सभपति बनाएकाेमा रामचन्द्र पाैडेल पक्षले आपत्ति जनाएको छ ।
देउवाकाे एकलाैटी निर्णयकाे विराेधमा बुधबार पाैडेल पक्षका नेताहरुकाे बैठक पार्टी मुख्यालय सानेपामा बसेर तीन घण्टा छलफल भएकाे थियाे । बैठकले देउवाको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । महामन्त्री डा.शशांक कोइरालामार्फत् देउवालाई ध्यानाकर्षण पत्र बुझाइने पौडेल पक्षीय नेता बन्द्री पाण्डेले जानकारी दिए ।
उनले भने, ‘नवलपरासीमा गरिएको समायोजन विधानसम्मत छैन भन्ने विषयमा छलफल भयो । विधान विपरित जुन काम भएको छ, त्यसलाई सच्याउन महामन्त्री डा.शशांक कोराइरामार्फत् ध्यानाकर्षपत्र बुझाउने निर्णय भयो ।’
छलफलमा सहभागी केन्द्रीय सदस्य कमला पन्तले कार्यवाहक सभापतिलाई हटाइएको विषयमा सभापति देउवालाई पत्र लेखिएको जानकारी दिइन् । उनले भनिन्, ‘नवलपरासीमा कार्यवहाक सभापतिलाई हटाइएको विषयमा छलफल भयो । यो कार्य विधान विपरित छ । यसलाई सच्याउनु भन्दै महामन्त्रीमार्फत् सभापति शेरबहादुर देउवालाई पत्र लेखिएको छ ।’