Logo

१५ करोड बढि ठगेर फरार काठमाडौं भ्यु टावर’का मुख्य ठेकेदारले गरे आत्मसर्मपण 


काठमाडौं- पुरानो बसपार्कमा बन्न लागेको ‘काठमाडौं भ्यू टावर’का मुख्य ठेकेदार मनोज  भेटवालले प्रहरीसमक्ष  आत्मसमर्पण गरेका छन् । भेटवाल ‘जलेश्वर स्वच्छन्द विकोई विल्डर्स’ का संचालक हुन् ।  तेहथुम इसीवु स्थायी घर भएका भेटवाल पछिल्लो समय काठमाडौंको अनामनगरमा बस्दै आएका थिए ।

उच्च अदालत पाटनले २८ माघ २०७६ मा  ठगीको आरोपमा  उनीमाथि पक्राउ पुर्जि जारी गरेको थियो ।   भ्यु टावर बनाउने नाममा  भेटवालले विभिन्न व्यक्तिसंग १५ करोड बढि ठगेर फरार थिए ।

उनलाई पक्राउ गर्न प्रहरीले  खोजिकार्य तिव्र पारेको थियो । पछिल्लो समय भारतमा लुकेर बसेका भेटवाल भारतबाटै पक्राउ पर्ने डरले नेपाल फर्केर आत्मसर्मपण  गरेको  प्रहरीले जनाएको छ  । ७ अर्व ६४ करोड लगानीमा बन्ने भनिएको सो भ्यू टावर मुख्य ठेकेदार नै भागेपछि अलपत्र बनेको थियो ।

भेटवालले मंगलबार विहान ९ : ३०  बजे महानगरीय प्रहरी परिसर काठमाडौंमा आफैँ उपस्थित भएर आत्मसर्मपण गरेको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।भेटवालमाथि थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट म्याद थपको तयारी भइरहेको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्