चक्रपथको मुख्य तीन अति ब्यस्त स्थानमा अब फ्लाइओभर

काठमाण्डौ । सडक विभागले चक्रपथको कोटेश्वर–कलंकी सडक खण्डको विभिन्न तीन स्थानमा फ्लाइओभर बनाउने योजना ल्याउने भएको छ । चीन सरकारले उक्त सडक खण्ड चौडा पारी स्तरीय बनाए पनि मुख्य चोकमा लामो समयसम्म सवारी रोक्नुपरेकाले फ्लाइओभर निर्माणको योजना ल्याएको विभागका महानिर्देशक केशव शर्माले बताए ।
‘सडक चौडा र स्तरीय बनाए पनि चक्रपथको ग्वार्को, सातदोबाटो, एकान्तकुना र बल्खुलगायत मुख्यमुख्य चोकमा जाम बढेपछि फ्लाइओभरको योजना ल्याएका हौं ।’ शर्माले भने । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।