Logo

उत्तर कोरियाद्वारा ३ शक्तिसाली मिसायल प्राहार जापान र दक्षिण कोरियालाई तनाब


एजेन्सी : फागुन २६, उत्तर कोरियाले सोमबार 
देशको पूर्वी समुद्री तटबाट तीन वटा नयाँ ब्यालेस्टिक 
मिसायल प्रहार गरेको छ । सो मिसायलहरु हमग्योङ 
प्रान्तको दक्षिणी तटबाट ५० माईल उचाई हुँदै २०० 
किलोमिटर टाढा पुगेको दक्षिण कोरियाली सैनिकले 
जानकारी दिएको छ । त्यस्तै उत्तर कोरियाली सेनाले 
थप ब्यालेस्टीक परिक्षणका लागि तयारी अवस्थामा 
रहेको जापानले दाब िगरेको छ । उत्तर कोरियाले 
संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाली सेनाको 
अनुहारमा सैन्य अभ्यास सञ्चालन गर्ने अधिकार 
रहेको बताउँदै आएको छ ।

युरोपियन देशहरु बेल्जीयम, संयुक्त अधिराज्य, इस्टोनेया, फ्रान्स र जर्मनीले उत्तर कोरियासँगको कोलोज्ड डोर मिटिङ स्थगित गरेको भन्दै संयुक्त वक्तव्य जारी गरेका छन् । उत्तर कोरियाका विदेशमन्त्रीले पाँच युरोपियन देशहरुको सो कदमको कडा आलोचना गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र किम जोङ उनको बीचमा भेतनामको हुनोईमा भएको असफल दोस्रो शिखर सम्मेलनपछि किमले रणनीतिक महत्वको नयाँ आणविक परिक्षण गर्ने घोषणा गरिसकेका छन् ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्