Logo

वसन्तपुरमा होली भीड कम


फागु रङहरूको पर्व हो। पूर्णिमाको दिन फागु पर्व मनाइने भए पनि काठमाडौं उपत्यकामा यसको सुरूआत फागुन शुक्ल अष्टमीकै दिनबाट हुन्छ। हरेक वर्ष फागुन पूर्णिमा आउनुअघि अष्टमीको दिन वसन्तपुरमा तीनतले चीर ठड्याएपछि (चीर स्वायंगु) फागु खेल्न छुट पाइन्छ।

यसपालि पनि वसन्तपुरमा अष्टमीको दिन चीर ठड्याइको थियो तर पूर्णिमाको रौनक भने निकै फिक्का देखिएको छ।

पोहोरपरार वसन्तपुरमा होली खेल्न धेरै ठाउँमा मानिसहरू भेला हुन्थे। त्यसमा विदेश पर्यटक पनि मिसिन्थे। न्युरोड, रत्नपार्कको सडकभरि मान्छे हुन्थे।

यसपालि कोरोनाभाइरसका कारण होली खेल्नेको  संख्या ह्वात्तै घटेको हो। एकातिर चिसो र फोहोर पानीले अन्य रोगको संक्रमण हुने डर र अर्कातिर भीडभाडमा जाँदा कोरोनाको जोखिम होला भनेर वसन्तपुरमा भीड कम देखिएको हो।

काठमाडौं उपत्यकाभरि नै यसपालि होलीको रौनक छैन। जिल्ला प्रशासन कार्यालयहरूले पनि उपत्यकामा होलीका कार्यक्रम गर्न स्वीकृति दिएका थिएनन्।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्