Logo

अहिलेको नेतृत्वबाट पार्टी चल्न नसक्ने भएकोले अबको मामहाधिवेशनमा कोइराला परिवारबाट सभापतिको उम्मेदवारी दिन्छौं: डा. शेखर कोइराला


काठमाण्डौ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले अहिलेको नेतृत्वबाट पार्टी चल्न नसक्ने दावी गर्दै आगामी महाधिवेशनमा कोइराला परिवारबाट एकजनाले सभापतिको उम्मेदवारी दिने बताएका छन् ।

उनले आफूसहित सुजाता र डा. सशांकमध्ये एक जना पार्टी सभापतिको रुपमा उठ्ने बताए । लोकतन्त्र बलियो बनाउन कांग्रेस बलियो हुनु पर्ने जिकिर गर्दै उनले भने ‘दुई वर्ष अगाडिको चुनावको हारको मानसिकताले पार्टी चल्न सक्दैन’

उनले प्रमुख प्रतिपक्षीको भूमिकामा समेत कांग्रेस चुकेको स्वीकार गरे । कोइरालाले कांग्रेस आफ्नै कारणले कमजोर बनेको समेत बताए ।

सिरहाको लहानमा नेपाल प्रेस युनियनले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टी नेतृत्वको कारण कमजोर बनेको कांग्रेसलाई नयाँ उर्जासहित अघि बढाउन महाधिवेशनमार्फत् नयाँ नेतृत्व आवश्यक रहेकाे बताए ।

‘महाधिवेशनको मिति तय भइसकेको सन्दर्भमा विभागहरु गठन गरिनु, केन्द्रीय सदस्यहरु थप गरिनु राम्रो संकेत होइन’ कोइरालाले भने ‘आफ्नो गुट बलियो बनाउने भन्दा पनि पार्टी बलियो बनाउन एक ढिक्का भएर पार्टीलाई अगाडि बढाउनु पर्थ्याे कोईरालाले भने।’

 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्