Logo

कतारले नेपालसहित १४ देशका यात्रुलाई प्रतिबन्ध लगायो


कोरोनाभाइरस(कोभिड-१९) को संक्रमण फैलिएपछि कतारले १४ देशका यात्रुलाई अस्थायी रोक लगाएको छ।

कतारले चीन,  इजिप्ट, भारत, इराक, इरान, लेवनान ,बंगलादेश, नेपाल, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डबाट जाने यात्रुमाथि रोक लगाएको हो।

कतार एयरवेजले यसअघि नै इटालीसँगको हवाइ उडान रोकिसकेको छ। कतारमा आइतबारमात्र ३ जनामा नयाँ कोरोना भाइरसको संक्रमण देखिएको थियो। कतारमा हालसम्म १५ जनामा संक्रमण देखिएको छ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्