Logo

लिग बिजेता मचिन्द्रले माईभ्याली गोल्डकपको उपाधि जित्यो


काठमाडौं । मछिन्द्र क्लबले माईभ्याली गोल्डकपको छैटौं संस्करणको उपाधि जितेको छ । शनिबार ईलामको टुँडिखेलमा भएको फाईनलमा आयोजक माईभ्याली क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मछिन्द्रले उपाधि उचालेको हो ।

दोस्रो हाफको ईन्जुरी समयमा मछिन्द्रका विदेशी खेलाडीले क्लबका लागि विजयी गोल गरे । अतिरिक्त समयमा मिडफिल्डर आन्द्रेस नियाले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाए । त्यहि गोल जितमा लागि पर्याप्त रह्यो । उपाधिसँगै मछिन्द्रले आठ लाख र उपविजेता माइभ्यालिले ५ लाख रुपैयाँ प्राप्त गरेको छ ।

ठुलो टुँडिखेलमा जारी फाइनल खेलको पहिलो हाफ निकै प्रतिपर्धात्मक रहयो । दुवै टोलीले पाएका केहि अवसर गुमाउदा दुबै टोलीले अग्रता लिन सकेनन् । खेलको १२ औं माइभ्यालीका कप्तान छिरिङ गुरुङले गोलको राम्रो अवसर गुमाए । २२ औं मिनेटमा मछिन्द्रका रेजिङ सुब्बाको प्रहार आकासियो । ४३ अ‍ैं मिनेटमा मछिन्द्रका विमलले गोलको अवसर गुमाए ।

ए डिभिजन लिगको उपाधिपछि झापामा सताक्षी गोल्डकप जितेको मछिन्द्रले माइभ्यालीको सेमिफाइनलमा भारतको माने भञ्जाङ फुटबल क्लबलाई हराएको थियो । आयोजक माइभ्यालीले भने लिगको दोस्रो टोली त्रिभुवन आर्मी क्लबलाई सडनडेथमा हराउँदै फाइनल यात्रा तय गरेको थियो ।

 

 

 

 

 

 

 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्