Logo

महाकुलुङको भविष्य उज्वल छ : मुख्य मन्त्री राई


महाकुलुङ : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सुशासन र सम्बृद्धिको युग भएको दाबी गर्नुभयो । महाकुलुङ गाउँपालिका १ बुङमा स्थापना गरिएको महाकुलुङ प्राथमिक अस्पतालको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री राईले जनप्रतिनिधिले जनतालाई छल्ने सुविधा नभएको बताउनुभयो । संघीय संरचनाले विकासमा पारेको प्रभावबारे चर्चा गर्न करिब ३५ मिनेट खर्चेका उहाँले केचनाकवच देखि सगरमाथा देखिसम्म फाष्टट्रयाक सडक र केवलकारको महत्वाकांक्षि योजना, मुन्धुम ट्रेल, मध्यमहाडी लोक मार्ग, पाँचपोखरी, महाकुलुङ ताल र एयरपोर्टले गर्दा महाकुलुङ गाउँपालिकाको भविष्य उज्वल रहेको दाबी गर्नुभयो ।

प्रदेश नं १ लाई धनि बनाउन पर्यटन र कृषिलाई प्राथमिकतामा राखेको बताउदै मुख्यमन्त्री राईले महाकुलुङ अस्पतालको व्यवस्थापनमा सहयोग गर्ने बताउनुभयो । जनप्रतिनिधिहरुले राखेको मागको सन्दर्भमा उहाँले संघीय तथा प्रदेश सांसद र स्थानीय तहका प्रमुखसंग समन्वय र सहकार्य गरेर प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता गर्नुभयो । वडा नं १ बुङ, वडा नं २ पेल्माङ र वडा नं ३ छेस्कामले स्थानीय उत्पादन अल्लोको कपडा उपहार प्रदान गर्दै विभिन्न योजनाका लागि आवश्यक बजेट माग गरेका छन् ।

१५ शैयाको महाकुलुङ प्राथमिक अस्पताल गाउँपालिकाको ४६ लाख ८५ हजारमा व्यवस्थापन गरिएको स्वास्थ्य शाखा संयोजक हरि आचार्यले जानकारी दिनुभयो । अस्पतालले ल्याव, एक्सरे सहितको चिकित्सक सेवा प्रदान गरिरहेको छ । अस्पताल निर्माणपछि महाकुलुङका स्थानीयले खुसी व्यक्त गरेका छन् ।

 

 

 

 

 

 

 

 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्