Logo

सभापती देउबामाथी पैसामा पद बेचेको नेता राम चन्द्र पौडेलको आरोप


मकवानपुर— कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवाले पैसा लिएर पद बाँडेको आरोप लगाएका छन् । देउवाले नियमित कार्यकाल सकिनु दुई दिनअघि शनिबार एकपक्षीय रूपमा विभाग गठन गरेको भन्दै पौडेलले यस्तो आरोप लगाएका हुन् ।

‘पार्टीको महाधिवेशन सुरु भइसकेको छ। आचारसंहिता लागू भइसकेको छ। यस्तो अवस्थामा पार्टी सभापतिले नीतिभन्दा बाहिर गएर विभाग गठन गरिरहेका छन्। जुन गलत भइरहेको छ’, आइतबार हेटौंडामा सञ्चारकर्मीसँग कुराकानी गर्दै पौडेलले भने, ‘राम्रो काम गरेर पार्टीभित्र आफ्नो प्रभाव बढाउनेभन्दा पनि पैसासँग पद बाँडेर पार्टीमा आफ्नो वर्चश्व बढाउनेतर्फ नेतृत्व अगाडि बढिरहेको छ। यो नीतिले प्रजातन्त्रलाई घायल बनाइरहेको छ।’

उनले सभापतिको गलत कदमका कारण पार्टी कमजोर भइरहेको बताए। ‘पार्टी नेतृत्व सही ढंगले अगाडि बढ्न नसक्दा कांग्रेसले प्रतिपक्षीको भूमिका निर्वाह गर्न सकेको छैन। विकासमा संक्रमण छाएको छ’, उनले सभापतिसँग व्यक्तिगत नभएर नीतिगत असहमति रहेको बताए।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्