Logo

उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सांसद बन्ने-नारायणकाजी श्रेष्ठ


नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले सचिवालयको निर्णयअनुसार उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सांसद बन्ने बताएका छन्।

राष्ट्रिय सभा सदस्यको सपथ लिन बुधबार राष्ट्रिय सभा पुगेका श्रेष्ठले पत्रकारहरूसँग कुराकानी गर्दै पार्टीले गरेको निर्णय अनुसार नै सरकारको सिफारिसमा राष्ट्रपतिले गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनित गर्ने विश्वास व्यक्त गरे।

‘प्रधानमन्त्री अहिले अस्पताल हुनुहुन्छ। पार्टीले गरेको निर्णयअनुसार नै प्रधानमन्त्रीले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउन सिफारिस गर्नुहुन्छ,’ उनले भने, ‘यो पार्टीको निर्णय हो। अध्यक्ष केपी शर्मा ओली आफैं बसेर गरेको निर्णय हो। पार्टीको निर्णय लागू हुन्न भन्ने प्रचारमा विश्वास छैन।’

उनले गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउनेबारे अनावश्यक बहस जरूरी नरहेको बताए। ‘पार्टीको निर्णय कार्यान्वयन हुन्छ, अनावश्यक बहस गर्न जरूरी छैन,’ प्रवक्ता श्रेष्ठले भने। राष्ट्रिय सभाका १८ नयाँ सांसदले आज सपथ लिएका छन्। सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने एक जनामा उपाध्यक्ष गौतम वा सञ्चारसमेत सम्हालेका अर्थमन्त्री खतिवडा कसलाई पठाउने भन्नेमा नेकपाभित्र विवाद छ।

सचिवालय बैठकले गौतमलाई सिफारिस गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरिसकेको छ भने प्रधानमन्त्रीले खतिवडालाई नै निरन्तरता दिन चाहेका छन्।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्