Logo

प्रम ओलीको स्वास्थ्यलाभको कामना सहित हलेसीमा दिप प्रज्वलन


बुधवार २१ फागुन २०७६

काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओली मृगौला प्रत्यरोपनका लागि महाराजगंज शिक्षण अस्पताल भर्ना भएसंगै उनको स्वास्थ्यलाभको कामना गर्दै नेकपा जिल्ला कमिटि, हसेसी नगर कमिटि, नेता कार्यकर्ता र हलेसी बजारबासीहरुले खोटाङ हलेसी महादेवको मन्दिर परिसरमा “ प्रम केपी शर्मा ओलीज्युको शीग्र स्वास्थ्यलाभको कामना” लेखेर प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना सहित दीप प्रज्वलन गरेर राष्ट्रगान बजाएको थियो। 

साँझ सात बजेको शुभ साइतमा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गरी दीप प्रज्वलन गरेको तुवाचुङ नगरपालिका नगर कमिटि सचिवालय सदस्य सर्वधन बस्नेतले जानकारी दिएको हो। 

प्रधानमन्त्री केपी ओली त्रिवि शिक्षण अस्पताल भर्ना हुनु अधि उर्जाशिल आफ्ना भनाई अभिव्यक्त गर्दै देशका अनुभवी चिकित्सकद्वारा नेपालमा दोस्रो पटक मृगौला प्रत्यारोपण गर्ने सुविधा प्राप्त हुदा खुशी व्यक्त गरेका छन्। उनी त्रिवि शिक्षण अस्पतालको ६०१ नम्बरको भीभीआईपी क्याविनमा भर्ना भएका छन्। 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्