Logo

सरकारी मोटरसाइकलको चराम दुरुपायोग: ससुराली जानदेखि भारतिय बजारमा सब्जी किन्न सम्म प्रयोग


कञ्चनपुरमा सरकारी साधनको चरम दुरुपयोग भइरहेको पाइएको छ । जनप्रतिनिधि तथा कर्मचारीलाई दिइएको मोटरसाइकल जिप, कारलगायत सवारीसाधनमा घरायसी कामकाजमा प्रयोग भइरहेको भेटिएको हो ।  

शनिबार, सार्वजनिक बिदाका दिन जिल्ला प्रशासनबाट अनुमति लिएर मात्रै सञ्चालन गर्नुपर्ने भए कर्मचारी र जनप्रतिनिधिले सरकारी सवारी भारतमा समेत चलाउने गरेको भेटिएको हो । जिल्ला प्रशासन कार्यालयबाट पटक पटक घरायसी तथा अनावश्यक काममा सवारी प्रयोग नगर्न आग्रह गरे पनि सवारीसाधनको दुरुपयोग रोकिएको छैन ।

कर्मचारी तथा जनप्रतिनिधिले दुईपांग्रे सवारीसाधनमा चार जनासम्म चढाएका र पारिवारिक कामकाजका लागि प्रयोग गरिरहेका छन् ।  साथै उनीहरुले ससुराली जानदेखि भारती बजारमा तरकारी किन्नसमेत सवारी प्रयोग गरिरहेका छन् ।

नागरिक समाज कञ्चनपुरका सहसचिव प्रभुनिधि पन्तले नियामक निकायको उदासीनताका कारण सरकारी सवारीसाधन दुरुपयोग भएको आरोप लगाए । ‘कर्मचारीमा इमानदारिता र नैतिकता हुनुपर्छ, ‘पन्तले भने, ‘जबसम्म स्वःस्फूर्त कर्मचारी नियन्त्रित हुँदैनन्, तबसम्म सवारी साधन दुरुपयोग हुन्छ ।’ दिएको जिम्मेवारी भन्दा व्यक्तिगत व्यावसायिक कामका लागि सरकारी साधन दुरुपयोग भएपछि स्थानीय आक्रोशित भएका छन् ।

म१ब २४७ नम्बरको सरकारीमोटरसाई चरम दुरुपयोग मात्र होइन, ट्राफिक निकायको नांगो उल्लंघन गरेको पाइएको छ । कञ्चनपुरको बेलडाँडी गाउँपालिका २ चबन्नी बेलडाँडी बजार क्षेत्रमा सरकारी मोटरसाइकलमा दुई युवती एक पुरुष घुमिरहेका भेटिएका थिए ।

केहि दिन अघि बेदकोट नगरका मेयर अशोक चन्दले सरकारी सवारीसाधन भारत लगेको समाचार स्थानीय पत्रिकामा प्रकाशित भएपछि मेयर चन्दले सामाजिक सञ्जालमार्फत माफी समेत मागेका थिए ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्