बैनाबट्टा चलचित्र प्रियमियर शो को पूर्ण तयारी
राज कुमार राई ,२०,फागुण–काठमाण्डौं ।
बैनाबट्टा चलचित्रको फागुण २१ मा प्रिमियर शो हुने भएको छ । सुम्हात्लुङ फिल्मस प्रा।लि।को व्यानरमा निर्मित नेपाली कथानाक चलचित्र बैनाबट्टाको प्रिमियर यही फागुण २१ गते राष्ट्रिय नाँचघर जमलमा शो गर्ने निर्माता पक्षले जनाएको छ । समाजबादी पार्टीका अध्यक्ष डा।बाबुराम भट्टराईको प्रमुख आतिथ्यमा सो बैनाबट्टा चलचित्रको च्यारिटी शो हुनलागेको हो । कलाकार तथा चलचित्रकर्मी राज चाम्लिङको कथा निर्देशन रहेको यस चलचित्रको निमार्ण प्रेम लावतीले गर्नुभएको छ । भवानी घिमिरे, बिक्रम नवेम्वाङ, राम लावती, एबिराज आङदेम्बे समिल राई, सुनिता लिम्बु र यसराज योङयाङह चलचित्रका सहनिर्माता रहेका छन् ।
ताप्लेजुङ,र्पाँचथर,बिर्तामोड लगायत पूर्वीय नेपालमा बसोबास गर्ने लिम्बु जातीको कला सँस्कृति र जिवन शैलीमा आधारित नेपाली कथानाक चलचित्र निर्माण गरिएको निर्माता प्रेमलावतीले बताउनु भयो । आफ्नो मौलिक कला सँस्कृति र पहिचान झल्काउने यो चलचित्रको मुख्य उद्देश्य रहेको जानकारी दिदै, सबै आम दर्शकले रुचाउने पनि निर्माता लावतीले कलाखबरलाई बताए ।
अहिले रिलिजको मिति निश्चित नभएपनि करिब ६ महिना भित्रमा सबै आम दर्शक माझमा ल्याई सक्ने पनि निर्माता टिमले जनाएको छ । पूर्वीय नेपालको मनमोहक छटाबाहक सुन्दर प्रकृतीको पृष्ठभूमीमा ताप्लेजुङ,र्पाँचथर जिल्लामा यो चलचित्र छाँयाङ्कन गरिएको निर्देशक राज चाम्लिङले बताए । कथा वस्तु,कलाकार र प्रकृती सबैको संयोग मिलेकोले पनि चलचित्र निकै राम्रो र रोमाञ्चक बनेको पनि निर्देशक राईले जानकारी दिए ।
मुख्य कलाकारको भूमिकामा देवेन्द्र नेम्वाङ,कविता वान्तावा राई,बाबु मोक्तान र रश्मिला तामाङ रहेका छन भने अन्य कलाकारहरुमा अर्जुन श्रेष्ठ, नरेश बनेम, रिया सुब्बा, रोमन सिंह लिम्बु, प्रकास थेबे कृष्ण राज नेम्बाङ र पुष्प राज आङबुहाङ लगाएतका कलाकारहरुको रोचक अभिनय रहेको छन् । यस चलचित्रको नृत्य निर्देशन कमल राईले गर्नु भएको छ भने छायाँकन तथा सम्पादन देबजँग थापाले गर्नु भएको छ । पूर्वीय नेपालको सुन्दर र मनमोक स्थलहरुमा छायाँङ्कन गरिएको यो चलचित्र निकै रोमान्टिक बनेको छ ।