रंगेलीनगरपालिकाले अपांगहरुको कृतिम हातखुट्टा प्रत्यारोपण
रबिन्द्र बराल
मोरङ। रंगेली नगरपालिकाले ५० जना अशक्त र अतिअशक्त अपाङहरुको पहिचानगरी निशुल्क कृतिम हातखुट्टा प्रत्यारोपण गर्न सहयोग गरेको छ। नगरपालिकाकाे सभाहलमा एककार्यक्रमकाे आयोजना गर्दे अपांगहरुलाई कृतिम हातखुट्टा प्रत्यारोपण गर्न सहयोग गरेको हाे।
नगरपालिकाले अपांगहरुलाई हुईल्चियर, कृतिम हातखुट्टा, बैशाखी, बेड, लगायतका सामाग्रीहरु वितरण गरेको थियो । नगरपालिकाले दुई महिना अगाडि अपांगहरुकाे स्वास्थ्य चेकजाँच गरेसंगै हातखुट्टा नभएका व्यक्तिहरुलाई कृतिम हातखुट्टा प्रत्यारोपण गर्ने जानकारी दिएको थियो।
सि.बि.आर बिराटनगरकाले दुई महिना अगाडि दिएकाे आश्वासन पूरा गरेको स.बि.आर’का प्रवन्धक रञ्जना दाहालले बताए । रंगेली नगरपालिकाको ९ लाख तथा सि.बि.आर बिराटनगरकाे १ लाख रुपैयाँ जम्मा १० लाखको लागतमा ५० जना अपांगहरुलाई कृतिम हातखुट्टा राख्न सहयोग गरिएको कार्यकारी अधिकृत टाेम प्रसाद सुवेदीले जानकारी दिएको हो ।
सि.बि.आर बिराटनगरकाे प्राविधिक सहयोगमा अपाङ्गता भएका व्यक्तिहरुकाे नाप जाँच तथा चेकजाँच लिएर कृतिम हातखुट्टा प्रत्यारोपण गरेको हाे । कार्यक्रमकाे प्रमुख अतिथि रंगेली नगरपालिकाका प्रमुख दिलिप बगडिया, विशिष्ट अतिथि कार्यकारी अधिकृत टाेम प्रसाद सुवेदी, अतिथिहरुमा वडाअध्यक्ष रामचन्द्र मंन्डल, वडाका प्रतिनिधि, बुद्धिजीवी लागायतकाे समेत उपस्थिति रहेको थियोे ।
बगडियाले भने नगर क्षेत्रका अपांगहरुलाई आवस्यकता अनुसार कृतिम हातखुट्टा हुईलच्यर जस्ता सामग्री आफ्नै लगानीमा वितरण गर्ने साथै अरु थप अपांगहरु भएमा पहिचान गरी उनीहरुको समेत कृतिम हातखुट्टा प्रत्यारोपण गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन ।
नेपाल सरकारले रातो, निलो, पहेलो र सेतोकार्ड गरी चार खण्डमा विभाजन गरेको छ । राताेकार्ड भएका ब्यक्तिहरुलाई पुर्णअपांग, निलाेकार्ड अतिअशक्त, पहेलाे कार्डलाई मध्यम र सेताे कार्ड भएका अपाङलाई सामान्य अपाङ भनेर वर्गीकरण गरेको छ। रंगेली नगरपालिका भित्रमा करिब छसय अपांगहरु रहेका छ।