Logo

जरुरी कामबाहेक विदेश यात्रा नगर्न सम्पूर्ण नेपालीहरूलाई परराष्ट्रमन्त्री ज्ञवालीको आग्रह


फाल्गुन १९- २०७६

 

काठमाडौँ — सरकारले अत्यन्तै जरुरी कामबाहेक विदेश यात्रा नगर्न आग्रह गरेको छ । विश्वभर बढ्दो कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई मध्यनजर राखेर सरकारले सम्पूर्ण नेपालीहरूलाई जानैपर्ने काममा बाहेक विदेश यात्रा नगर्न आग्रह गरेको हो ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सरकारले सम्पूर्ण नेपालीको लागि ‘ट्राभल एड्भाइजरी’ जारी गरेको पनि जानकारी दिए। उनले मुलुकमा अन्तर्राष्ट्रिय सभा/सम्मेलन गर्न पनि केहि समयको लागि स्थगित गरिएको बताए।

‘निजी र अन्य सामाजिक क्षेत्रलाई पनि यस्ता खाले सभा सम्मेलन नगर्न आग्रह गरेका छौं,’ उनले भने। उनले नेपालले चैतमा गर्न लागेको सगरमाथा संवाद पनि तत्कालको लागि स्थगित भएको बताए।

‘पछि उपयुक्त समयमा गर्ने गरी अहिलेको लागि सगरमाथा संवाद स्थगित गरिएको छ,’ उनले भने। उनले सगरमाथा संवाद सचिवालयको टोलीसँग आइतबार बृहत छलफल पनि गरेको बताए।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्