Logo

अध्यक्षप्रति भएको दुरव्यवहारको घोरभत्र्सना छ: पूर्ण भुजेल (चिन्तन)


बर्तमान नेपाली राजनीतिक घटनाक्रमले, राष्ट्रिय तथा अन्तरािष्ट्रय परिस्थितिले के स्पष्ट पादैृछ भने नेकपा अध्यक्ष प्रचण्डलाई विशाल घेरावन्दीमा पार्ने प्रायस भइरहेको छ । चौतर्फी वाहिय र भित्री तत्वहरुले आक्रमणको प्रयास पटक पटक गरिरहेको देखिन्छ । जसमा हरेक दिनजसो सोही प्रवृति दोहोरिरहेको देखिन्छ । यही परिघटनाहरुलाई नियाल्दा पार्टी नेतृत्व र सुरक्षाकर्मी सचेत पूर्वक नबस्ने हो भने नेपालीले अर्को ठुलो राजनीतिक दुर्घटना निम्तिन सक्दैन भन्न पनि सकिन्न ।

देशको लागी नेतृत्व स्थापित हुँदै गर्दा दोस्रो मदन भण्डारी नहुनको लागी सुरक्षा चुनौती समेत देखिन्छ । भर्खरै भएको घटनाक्रमले अध्यक्ष माथिको सुरक्षालाई चेतावनी देखिन्छ । यसको अलावा पनि सुरक्षादस्ता चुस्त नगरिए अप्रिय घटनाहरु हुने संकेत भइरहेको छ ।

नेपालको सामाजिक परिवेशमा ठुला ठुला हत्याकाको योजनाकार र हत्याराहरु खुलेआम हिडिरहेको पाइन्छ । यसकारण कुन नियतका साथ उक्त अभद्र व्यवहार गरिएको हो ? कुन समुहले परिचालन गरेको हो ? त्यसको सही रुपमा अनुसन्धान र कारवाही हुन आवश्यक छ । साथै भएको दुरव्यवहार प्रति घोर भत्र्सना गर्दछु ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्