जनयुद्धका शहीद मोहन तिरुवाका छोराले गरें प्रचण्डमाथि जुत्ताँ प्रहार (भिडियो सहित)

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि आज एक कार्यक्रमबीच जुत्ता प्रहार भएको छ ।
आज राष्ट्रिय सभागृहमा उक्त पार्टीका नेता भरतमोहन अधिकारीको प्रथम स्मृतिसभामा प्रचण्डको सम्बोधनप्रति असन्तुष्टि जनाउँदै शहीद परिवारका एक युवाले आफुले लगाएको जुत्ताँ प्रहार गरेका हुन ।
स्मृतिसभालाई सम्बोधन गरेर आफ्नो सिटमा फर्किने क्रममा ति युवाले आफु बसिरहेको स्थानबाट प्रचण्डमाथि जुत्ता प्रहार गरेका थिए ।
त्यसरी जुत्ताँ प्रहार गर्ने युवा कर्णाली प्रदेश अन्तर्गत जुम्लाका रतन तिरुवा रहेको प्रहरी श्रोतबाट खुल्न आएको छ । प्रहरीका अनुसार तिरुवाले प्रचण्डलाई निसाना गरेर आफ्नो जुत्ताँ प्रहार गरेको भएपनि उनलाई लागेन ।
जुत्ताँ प्रहार भएसँगै तिरुवालाई प्रहरीले तत्काल नियन्त्रणमा लिएर कारबाही प्रकृया अघि बढाएको छ । तिरुवालाई अहिले सिंहदरबार प्रहरी वृतको हिरासतमा राखिएको बुझिएको छ ।
उनी तत्कालिन माओवादीले सञ्चालन गरेको दशबर्षे जनयुद्धमा शहीद हुनपुगेका जुम्लाको सिञ्जाका मोहन तिरुवाका छोरा हुन ।
उक्त कार्यक्रममा प्रचण्डको भाषण सुन्न गएका तिरुवा प्रचण्डको सम्बोधनबाट चित्त नबुझेको कारण आक्रोशमा आएर जुत्ताँ प्रहार गरेको हुन सक्ने आशंका समेत गरिएको छ ।
पछिल्लो समयमा शहीद परिवार, घाइते, अपाङ्ग, बेपत्ता परिवार लगायतको सपनाका विषयमा प्रचण्डले गम्भीर नभएको आरोप समेत लाग्ने गरेको छ ।
बाँकेको नेपालगञ्जमा अमिन विषयमा अध्ययनरत तिरुवा हाल लोकसेवाको तयारीका लागि काठमाडौंमा रहदैं आएको बुझिएको छ ।
उनी जुम्लाको सामान्य घर परिवारको सदस्य भएपनि राजनीतिक आन्दोलनको क्रममा शहीद हुन पुगेको परिवारका सदस्य भएकाले क्रान्तिको लक्ष्य पुरा नगरि प्रचण्ड समूह संसदवादमा फसेको कारण आक्रोशीत भएर जुत्ताँ प्रहार गरेको हुनसक्ने धेरैको आशंका रहेको छ ।