Logo

नेकपाकै नेताद्वारा फसाइदै, बालिका खड्कासँग चिनजान छैनः मुख्यमन्त्री राई (भिडियो सहित)


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट प्रेस संगठनले शनिबार सुनसरीकाे इटहरिमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राईले बालिका खड्कासँग आफ्नाे चिनजान, संवाद केही नभएको बताएका हुन् ।

खड्काले हिजाे शुक्रबार जिल्ला अदालत काठमाडौंमा मुख्यमन्त्री राईविरुद्ध अंश माग गर्दै मुद्दा दायर गरेकी थिइन् । आफूमाथि भइरहेको षडयन्त्रबारे बोल्नैपर्ने समय आएको भन्दै मुख्यमन्त्री राईले भने, ‘जुन पात्रको कुरा छ, तीनिसँग मेरो कहिल्यै चिनजान भएको छैन, बोलचाल भएको छैन ।’

उनले आफू सञ्चारमन्त्री भएको तीन महिनापछि देखि नै आफूविरुद्ध योजनावद्ध षडयन्त्र सुरु गरिएको बताए । ‘म सञ्चारमन्त्री भएको तीन महिना पछाडि फटाफट मेरो नम्बरमा म्यासेज आउँछ । त्यो म्यासेज एउटा दुईटा होइन, पचाँसौ सयौको संख्यामा आउँछ । भोलिपल्ट पनि आउँछ,’ मुख्यमन्त्री राईले भने, ‘मलाई म्यासेज प्राप्त भएको नम्बरमा कल गर्छु र को मान्छे हो ? भनेर चिन्न खोज्छु नामसम्म थाहा हुन्छ । त्यसपछि मैले फोन राख्छु । तर म्यासेज लगातार आयो । ती म्यासेज जस्ताको तस्तै राखेर मैले सञ्चारमन्त्री र प्रवक्ताको हैसियतमा प्रधानमन्त्रीलाई देखाए । उहाँ पनि अचम्मित हुनुभो ।’

उनले आफूविरुद्ध ठुलो षडयन्त्र भएको प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले त्यसबेलै थाहा पाएको बताए । ‘यस भन्दा अगाडि पनि तपाईको बारेमा एउटा गलत पोको लिएर मान्छेहरु आएका थिए । आज प्रमाणित भयो तपाईमाथि ठुलो षडयन्त्र भएको रहेछ,’ पार्टी अध्यक्ष ओलीकाे भनाइ उदृत गर्दै मुख्यमन्त्री राईले भने, ‘अब तपाई विचलित नभइकन आफ्नाे काममा अगाडि बढ्नुस र कसैलाई पनि प्रतिक्रिया नदिनुस । मैले मान्छे चिने ।’

उनले खड्काले ६ वटा नम्बरबाट पठाएको म्यासेज प्रिन्ट गरेर र आफूमाथि षडयन्त्र गर्ने व्यक्तिको नाम किटान गरेर पार्टीको पोलिटब्युरो बैठकमा पेस गरेको र सो विषयमा दुई घन्टा छलफल भई एकमतले ती व्यक्ति गलत भएको निष्कर्ष निकालिएको स्मरण गरे ।

उनले यसबारे पार्टीले पनि छानबिन समिति बनाउन आग्रह गरेको र प्रमाणसहित राष्ट्रिय अनुसन्धान विभागमा समेत उजुरी दिएको प्रसंग निकाल्दै भने, ‘मैले आजको मितिसम्म कसैले पनि खोट लाउने ठाउँ बनाएको छैन ।’

 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्