Logo

पर्यटन वर्ष सफल पार्न हरेक नेपालीको उत्तिकै दायित्व, अध्यक्ष राई


खोटाङ । नेपाल सरकारले अंग्रेजी वर्षको सन् २०२० लाई पर्यटन वर्षको रुपमा घोषणा गरेको छ । राज्यले हरेक सम्भावना र विकासको योजनाहरु ल्याउन नितान्त आवश्यक छ । सोही अनुरुप पर्यटन वर्षलाई सफल बनाउन सबै हामी नेपालीहरुको दायित्व रहेको खोटाङ खोटेहाङ पालीका वडा नंं. २ का वडा अध्यक्ष दिपेन राईले बताए ।

स्थानिय पर्यटन स्थलहरुलाई प्रवद्र्धन गर्न सेल्मे कपासे हलहले पर्यटन विकास समतिद्धारा २१४७ औं ग्याल्बो लोसारद्धारा आयोजना गरिएको कार्यक्रममा अभिव्यक्त गर्नु भएको हो ।

हरेक हिसाबले खोटाङमा धार्मिक, साँस्कृतिक, प्राकृतिक पर्यटयिक स्थलहरु रहेका छन् । यसलाई प्रवद्र्धन गर्न हामी आफै लागी पर्नु पर्ने अध्यक्ष राईले बताए ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्