Logo

देशको सिमा खुम्चिएर वर-वर सर्दैछन रे “गजल”


 

आश कुमार राई

देशको सिमा खुम्चिएर वर-वर सर्दैछन रे

सिमानाको जंङ्गी पिलर रात,दिनै हराउछन रे।

 

विभिन्न ती बहानामा बिदेशिकै जमघट याहाँ

नेपालिको भाषा भन्दा अर्कै भाषा बोल्दैछन रे।

देशको सिमा खुम्चिएर वर-वर सर्दैछन रे।

 

राजनितिकै भर्याङबाट नेताहरु तल माथी

कालापानी सुस्ता,लिपु हेर्दा हेर्दै हराउछन रे।

देशको सिमा खुम्चिएर वर-वर सर्दैछन रे।

 

बिसुद्द यो मातृभाषा बोल्थे हिँजु मेची काली

अहिले भने जबर्जस्ती अर्कै भाषा सिक्दैछन रे।

देशको सिमा खुम्चिएर वर-वर सर्दैछन रे।

 

हराएका सिमा,पिलर खोज्छौं भन्थे नेताहरु

तिनैलाई दाउमा राखी सत्ता जोक्कर तान्दैछन रे।

देशको सिमा खुम्चिएर वर-वर सर्दैछन रे।

 

नेपाली ती कोशिहरु बिदेशिले बाँध हाल्दा

कोशिहरु तर्सिएर गाउँ-गाउँ भाग्दैछन रे।

देशको सिमा खुम्चिएर वर-वर सर्दैछन रे

सिमानाको जंङ्गी पिलर रात,दिनै हराउछन रे।

 

 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्