यति समूहका शेर्पा लागू औषधि सहित प्रहरी नियन्त्रणमा
काठमाडौं, १४ फागुन । यति समूहका तत्कालीन अध्यक्ष स्वर्गीय आङछिरिङ शेर्पाका कान्छा छोरा नवाङ पासाङ शेर्पा लागूऔषधसहित प्रहरी नियन्त्रणमा परेका छन् ।
प्रहरीले गत माघ १८ गते नै नवाङ पासाङ शेर्पासहित चार जनालाई खैरो हिरोइनसहित नियन्त्रणमा लिएको थियो ।
तर, प्रहरीले शेर्पा परिवारका सदस्य नवाङ पासाङ नियन्त्रणमा परेका विषयलाई गोप्य राखेको थियो ।
जिल्ला अदालत काठमाडौंमा बुधबार नियन्त्रणमा परेका चार जनामध्ये तीन जनाको बयान भएको बताइएको छ भने, भोलि थुनछेक बहस हुने जानकारी गराइएको छ ।
त्यसोत, यसअघि पनि नवाङ पासाङ शेर्पालाई नक्कली पाइलट लाइसेन्स लिएको आरोप लागेको थियो ।
लागूऔषध दूव्र्यसनी भएको शेर्पा परिवारले थाहा पाएपछि नवाङ पासाङलाई भारतको पुर्नस्थापना केन्द्रका केहि समय राखिएको बताइएको छ ।