Logo

मानवीय समाजको आँखा नै शिक्षा हो, ५७ औं बार्षिक उत्सव


– मान्सुङ चाम्लिङ

ढुंगे युगबाट आजको समाजसम्म आइपुग्न शिक्षाको सहयोगले नै सम्भव भएको हो । आजको विश्व समाज शिक्षाको कारण नै यो अवस्थामा परिबर्तन हुन सम्भव भएको हो । शिक्षा देश, जिल्ला, गाउँ अनुसार फरक फरक छ । सोही अनुरुप खोटाङ जिल्लाको कुना क्षेत्र मानिने खोटेहाङ पालीका वडा नं.२ वाप्ुलखाको महेन्द्रोदय माविको ५७ओ वाषर््िाक उत्सव भव्यताका मनाइएको वडा अध्यक्ष दिपेन राईले बताए । विविस अध्यक्ष समेत रहेका राईले विद्यालयमा विद्यार्थीहरुको सिपम, क्षमता मनोविज्ञान लगायतको विकासको लागी विभिन्न प्रतियोगित संचालन गरिएको अध्यक्ष राईले बताए ।

अध्यक्षद्धारा उद्घाटन गरिएको उक्त महोत्सव संघिय सांसद मा. विशाल भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न गरिएको थियो । माननीयले आयोजकलाई धन्यवाद दिंदै यस क्षेत्रमा आगामी दिनहरुमा आफ्नो तर्फबाट कुनै कसुर नराखी आवश्यक समन्वय र सहकार्य गर्दै विकासको लागी पहल गर्ने बताए ।

उक्त कार्यक्रममा सौर्य उर्जा, भलिवल, स्मरण खेल, लिडरसिप खेल, अन्तरप्रावि हाजिरी जवाफ, कबर्डि लगायतको खेलहरुको प्रतियोगिता सम्पन्न भएको थियो ।

फाल्गुन ८ बाट शुरु भएको बार्षिक उत्सव ११ फाल्गुन सम्म निरन्तर विभिन्न क्रियाकलापहरुका साथ सम्पन्न भएको थियो ।

सोही गाउँमा जन्मेर हाल इटहरी निवासी सर्बदेब राईले विद्यालयको नाममा १–१०–२–० दाम प्रदान गर्नु भएको अध्यक्षले बताए ।

उक्त उत्सवमा सगरमाथा टिन्स क्लबद्धारा नाटक प्रदर्शनी गरिएको थियो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्