Logo

बहानेपोखरी महोत्सवको तयारी पूरा : अतिथिहरु, आर्थीक र कलाकार बिबरण यस्तो


सुमन बाङदेल

खोटाङ–खोटाङको ऐसेलुखर्क गाउँपालिकाको आयोजनामा हुने बहानेपोखरी महोत्सवको तयारी पूरा भएको छ। पर्यटन प्रवद्र्धनका लागि ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङदेलमा रहेको रमणीय स्थल बहानेपोखरीमा फागुन १३ गतेदेखि पाँच दिनसम्म सञ्चालन हुने महोत्सवको तयारी पूरा भएको हो।

संघिय सांसद तथा बिशिष्ट अतिथि श्री बिशाल भट्टराई अन्य अतिथिहरु प्रदेश सांसद श्री राम कुमार राई, प्रदेश सांसद श्री राजन राई तथा प्रदेश सांसद उषाकला राई लगायत बिशिस्ट ब्याक्तित्वहरुको उपस्थितिमा प्रमुख अथिती प्रदेश नं १ को प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईबाट फागुन १३ गते प्रथम बाहाने महोत्सव समुदघाटन गरिने कुरा मुल आयोजका समितिका अध्यक्षा गृह बहादुर राईले बताए ।

बहानेपोखरीसम्म पुग्ने सडक, स्टल, स्टेज, विद्युत, पिउने पानी, होटल, आवास लगायतका व्यवस्थापनको काम भइसकेको ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष विश्वनाथ निरौलाले बताए। ‘आवश्यक पस्र्वाधारको सबै तयारी सकिएको छ,’ अध्यक्ष निरौलाले भने, ‘स्टल, अस्थायी होटलले डाँडा सजिएको छ।’

पाँच दिने महोत्सवमा अर्गानिक कृषि उपज प्रदर्शनी, स्थानीय खानाका परिकार, विभिन्न जातजातीको साँस्कृतिक झाँकी, साँस्कृतिक कार्यक्रम, खेलकुद लगायतका कार्यक्रम हुने त्यसको लागी कारीब २३ लाख भन्दा माथी पैशा उठेको महोत्सव आयोजक समितिका आर्थीक संयोजक श्रीबहादुर राईले बताए।

 कार्यक्रमहरु :

१. उदघाटन तथा संस्कृतिक झाकीहरु ।
२.  संस्कृतिक कार्यक्रम (राष्ट्रिय तथा स्थानीय कलाकारहरुबाट) ।
३.  खेलकुद – पुरुष तथा महिला भलिबल ।
४.  खुल्ला लोकदोहोरी प्रतियोगिता ।
५.  कृषि मेला प्रदर्शनी ।
६. मिनी म्याराथुन ।
७. खुल्ला चेस प्रतियोगिता ।
८. खुल्ला ब्याटमिन्टन प्रतियोगिता । लगायतका अन्य आकर्षण कार्यक्रम हुनेछ ।

बहाने पोखरी :

यो खोटाङ जिलाकाको सुदर उतर भेगमा पर्छ । ऐसेलुखर्क र केपिलासगढी गाउपालिकाको एकमात्र पर्यटकीय गन्तव्य बन्न सक्ने बाहाने पोखरी २४०० मिटरको उचाईमा रहेको छ। जैबिक बिबिधता अनेकन जडिबुटीहरु र लोपोन्मुख बन्यजन्तुहरु यहाँ पाईन्छ । अग्लो डाँडामा रहेको तथा बाह्रैमास पानी भरिने र कहिल्यै नसुक्ने दुई सय मिटर क्षेत्रफलमा फैलिएको बहानेपोखरी घुमफिर गर्न र दृश्यावलोकनका लागि चर्चित छ। पर्यटनको सम्भावना रहेपनि हालसम्म ओझेलमा रहेको बहानेपोखरीबाट जिल्लाका अधिकांश स्थान, छिमेकी जिल्लादेखि हिमश्रृंखला अवलोकन गर्न सकिन्छ।

पूर्वतर्फ शंख ढुंगा, नाग ढुंगा, स्तुपा र सोभन्दा केही माथि विविध आकृतिका संरचना रहेको बहानेपोखरीमा जनै पूर्णिमा र मंसिर पूर्णिमाका बेला धामी झाँक्रीसहितका दर्शनार्थीहरुको बाक्लो भीड लाग्ने गरेको छ। खोटाङ, सोलुखुम्बु, ओखल्ढुङ्गा र उदयपुरको केही भाग समेतको अबलोकन यहाँबाट गर्न सकिन्छ । मकालु, सगरमाथा, चोयु, चारपाटे, शेर्पेनिकोल लगायत दजनौ हिम शृङ्खलाको मनोरन दृश्य देख्नु सकिने यस बाहने पोखरी नाछिरिङ भाषाको ‘बोप्लु’ हुँदै बाहाने रहेको हो । यो भेगमा १४ जातिको बसोबार रहेको छ भने सबै भन्दा धेरै नाछिरिङ किरातको बसोबास रहेको छ ।

फागुन १७ गतेसम्म सञ्चालन हुने महोत्सवका दौरान सहभागीलाई महोत्सवमा बहाने पोखरी अवलोकन, शङ्खे ढुङ्गा, नाग ढुंगा, स्तुपा, हरियाली जंगल, हिमाली तथा मनोरम दृश्यावलोकन, चौंरी तथा याकको अवलोकन, लालीगुराँस तथा चिमाल फूलको दृश्यावलोकन, घ्याङखर्क–साल्पापोखरी र सिलिचुङसम्मको पदयात्रा गराइने छ।

बिश्वमा बिभिन्न जातिको लालिगुरास प्रकार पाइने मध्य करिब २२ प्रजातिको गुरास पाईन्छ ।  यो भेग भौगलिक बिबिधता, इको-पर्यबरण, बिबिन्न जटिब्डी र दुर्लभ रेड पाण्डा, रुख भालु लगायत सयौको सङ्ख्यामा जिबजन्तु पाइन्छ ।

 

आर्थीक ब्यबस्थापन र बिबरण:

खोटाङको ऐसेलुखर्क गाउँपालिकाको आयोजनामा हुने बहानेपोखरी महोत्सवको आर्थीक ब्यबस्थप नको मुख्य श्रोत ऐसेलुखर्क गाउँपालिका हो । शुरुमा १२ लाख दिएको र पछी थप ३ लाख ५० हजार गरी १५ लाख ५० हजार उपलब्ध गराएको छ । त्यस्तै गरी केपिलास गढी गाउपालिका र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले १/१ लाख रुपैया,  कतारबाट २३ हजार, ऐसलुखर्क गाउपालिका वडा नं ३ का अध्यक्ष श्री राजेस राजभण्डारी २२ हजार २ सय २२ रुपैया, लक्षी दर्शन साकोसले २२ हजार २ सय २२ रुपैया, दिएका छन । त्यस्तै गरि साल्पा बिकास बैंक साखा कार्यालय ऐसलुखर्कले २० हजार, शिक्षक श्री गाेबिन्द राजभण्डारीले ११ हजार, खगेन्द्र राईले कोरियाबाट ११ हजार, रावाबेसी गापाले ५५ हजार, उधाेग बाणिज्य संघ ऐेसलुखर्कका अध्यक्ष पवन काजि सैजु १५ हजार, बप्तिस मण्डलि ऐसलुखर्क गाउपालिका वडा नं १ राखावाङदेल २० हजार दिएका छन । त्यस्तै गरि माईतिराज राईले १५ हजार, ध्रुव राजभण्डारीले २० हजार, गिरेन्द्र बहादुर राईले १५ हजार, सम्भु भट्टराईले १० हजार, नाेबेल यातायात प्रा,लिले ११ हजार, युकेबाट प्रेम सुनुवारको नेतृत्वमा ५० हजार भन्दा माथि, लाेकेन्द्र राजभण्डारीले ११ हजार, सेखर गुरुङले १० हजार दिएका छन । त्यस्तै गरि छोङ्बा शेर्पा र रावा हेल्पिङ नेपालले ३३ हजार,  राजन खत्रको नेतृत्वमा ३० हजार,  झनक कार्किको नेतृत्वमा १ लाख रुपैया रहेको छ । अन्य बिबरण यस प्रकार छ :-

१)हरिराम राजभणडारी -५५५५-
२)ध्रुब राजभण्डारी -५००५ –
३)रामकुमार तामाङ -५०१५ –
४)मिनेश राजभण्डारी -५००५-
५)चेवन राजभण्डारी -५००५-
६)रमेस राजभण्डारी -५००५ –
७)चेतनारायण रा,भ, -५००५ –
८)शुक्र बि ,क , – ५००५ –
९)लाखमान तामाङ-५००५ –
१०)सुमन पुरी – ५००५ –
११)डेबिट राजभण्डारी -५०००-
१२)नारायण कु । श्रेष्ठ -५१०५-
१३)प्रमाेद राजभण्डारी -५५५५-
१४)पबन काजि सैजु -५००५ –
१५)अमिन राजभण्डारी -५००५ –
१६)माचिन गुरुङ – ५००० –
१७)किरण राजभण्डारी -५१०५-
१८)लक्ष्मन श्रेष्ठ – ५०५५ –
१९)पुष्प राज श्रेष्ठ – ५०००-
२०)दुर्गा मान तामाङ – ५५५५-
२१)लुकमान तामाङ – ५०५०-
२२)ललित लम्साल – ५५५५ –
२३)रमेस गुरुङ – ६००५ –
२४)लाल कु.राजभण्डारी – ७१०५-
२५) टेकेन्द्र राजभण्डारी रनगद रु ५०००-
२६) समिर सुनुवार नगद रु ५०००-
२७) पुस्प बस्नेतले नगद रु ५५५५-

कतीपय आथिर्क बिबारण आउन बाकी रहेको कुरा श्रीबहादुर राईले बताए ।

कलाकारहरु:

२ दशक देखी नेपाली संगीत क्षेत्रमा ज मेका सशी गुरुङबाङ्देलको नेतृत्वमा लोक-आधुनिक सम्राट गायक तथा संगीतका शम्भु राई, सदाबहार गायक खगेन्द्र याक्सो, चर्चित गायिका सत्यकला राई, प्रथम नेपाल आईडियल बिक्रम राई, युबा गायका भलकाजी राई, युबा गायका जिबिहाङ राई, युबा गायिका बबिना कीराती, युबा गायिका दिपा सुहाङ्, युबा गायिका सृजना बर्देवा लगायत छन । साथमा स्थानिय कलाकारहरुको समेत बेजोड प्रस्तुती हुनेछ । यस कार्यक्रमलाई गायिका तथा कार्यक्रम सन्चालिका एन्जिला बाङ्देलले कार्यक्रम सन्चालन गर्ने छिन ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्