Logo

उड्ने पखेटा भएर पनि थाहा नभएको नेकपा


20 Views

– मान्सुङ चाम्लिङ

कुनै एक कथन अनुसार कुनै मानिसमा उड्ने पखेटा छ तर उसलाई आफु उड्न सक्छु भन्ने थाहा नहुँदा चिन्तित हुँदै वितृष्णा तिर सोचाई बदलिरहँदा उसको साथीले भिरबाट ठेलिंदिंदा वल्ल उ उडेर भिर पार गर्न सक्छ । भन्ने झैं, खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरमा नेकपालाई सहयोग गर्ने जनताहरु अत्यधिक भएर पनि अझ नेकपाका कार्यकर्ताहरु पुर्ण आत्मविश्वासमा कम आंकलन गर्छन ।

यसकारण आफ्नो पखेटालाई परिचालन गर्न आत्मपविश्वास सहित निर्धक्क हुनु वाहेक विकल्प नभएको स्थानिय जनताहरुले सुझाव दिएका छन् । नेकपा हलेसी नगरकमिटी वडा नं.८ धितुङको वडा पार्टीको वैठकमा उक्त हिम्मत जनताहरुले दिएको राष्ट्रिय युवा संघ नेपाल खोटाङका सचिवालय सदस्य सर्वधन बस्नेतले बताउनु भयो ।

वडा वैठककमा नेकपा जिल्ला कमिटी सदस्य ज्ञान बहादुर भुजेल, नगर पार्टी सचिव गोपाल दाहाल, सदस्य अमिन राई लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
//ofgogoatan.com/afu.php?zoneid=1766347