५२ जना नेका कार्यकर्ता नेकपा प्रवेशसँगै क्लिन स्वीप हुने पक्का

– विकास राई
खोटाङ जिल्लामा संघिय र प्रदेश सांसदहरु नेकपाले क्लिन स्विप गरे संगै आगामी निर्वाचनमा स्थानिय तह समेत क्लिन स्विप गर्ने अभियानका साथ समूदायहरुमाझ नेकपा कार्यकर्ताहरु तिब्र रुपमा अभियान संचालन गरिरहेको छ । यसै क्रममा दिप्रुङ गाउँपालीकाको छितापोखरीमा नेपाली कांग्रेसका ५२ जना कार्यकर्ताहरु नेकपामा प्रवेशसँगै क्लिन स्विपको अभियान निश्चित हुने देखिएको छ ।
संघिय सांसद मा. विशाल भट्टराईलाई सम्मान तथा नागरिक अभिनन्दन कार्यक्रममा नेका कार्यकर्ताहरु प्रवेश गरेको राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य विनोद राईले बताए ।