Logo

आमा समूह संगठित हुनु नै समूदायको विकास हो : सदस्य चाम्लिङ


25 Views

– मान्सुङ चाम्लिङ

५१ प्रतिशत महिला रहेको नेपालमा महिलाहरु संगठित भए मात्र पनि नेपाल सकारात्मक विकास तर्फ लम्किने हलेसी तुवाचुङ नगरपालीका वडा नं.७, जननिर्वाचित सदस्य डिल्ली चाम्लिङले बताउनु भयो । नगरको वडा नं.७ स्थित साविक वडा नं.१ मा मलाथुम्की आमा समूहद्धारा कुटनी पिसनी मिलको उद्भाटन कार्यक्रममा सदस्य चाम्लिङले उद्घाटन गर्नु भएको थियो ।

विकास ठुला ठुला भौतिक वस्तुहरुको निर्माण मात्र नभएर दैनिक जीवनमा आवश्यक पर्ने वस्तुहरुको व्यवस्थापन गर्दै जनजीविकामा सहयोग गर्ने सामान्य औचारहरुको निर्माण तथा उपयोग र उपभोग पनि विकास हो । साथै आमा अथवा महिलाहरु संगठित भए निश्चित रुपमा देशले विकासमा छलाङ मार्ने चाम्लिङले बताए ।

उद्घाटन कार्यक्रममा स्थानिय राजनीति दलका प्रतिनीधिहरु , जनप्रतिनीधिहरु, समाजसेवीहरु लगायतको वाक्लो उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
//ofgogoatan.com/afu.php?zoneid=1766347