Logo

समृद्धिको शुरुवात भाषणबाट होइन, कामबाट शुरुगरौं-अध्यक्ष थुलुङ


– मान्सुङ चाम्लिङ

नेपालमा धेरै आन्दोलनहरु भए, आन्दोलन पश्चात समृद्धि शुरु होला भन्ने जनताहरुले धेरै नै अपेक्षा राखे, आखिर उस्तै रहेछ भन्नेमा जनताहरु चिन्तित छन् ।

वि.स. २००७ को प्रजातन्त्र, २०४६ को प्रजातन्त्र पुन वहाली, जनयुद्ध, ०६२/०६३ को जनआन्दोलन अनि ०७२ को नयाँ संविधान घोषणा । तर जनताले अपेक्षा गरे अनुरुप समाज परिबर्तन हुन नसकेको चिन्ता सबै नेपालीहरुमा सुन्न सकिन्छ ।

समाज विकास, परिबर्तन र समृद्ध कुनै भाषणमा नभएर सानै कामबाट शुरु हुने खोटेहाङ गाउँपालीका वडा नं.२ वाप्लुखाका वडा अध्यक्ष दिपेन थुलुङ राईले बताए ।महेन्द्रदय मावि वाप्लुखाको ५७औं वार्षिक उत्सवको उद्घाटनको क्रममा उहाँ आफ्नो अभिमत राख्नु भएको हो ।

सो विद्यालयका विविस अध्यक्ष समेत रहनु भएका थुलुङले विद्यार्थीहरुमा क्षमता विकासको लागी हाजीरी जवाफ, स्वास्थ्य र नेतृत्व विकासको लागी विभिन्न खेलहरु, कलाको विकासको लागी चित्रकला, स्मरण शक्ति विकास, निबन्ध लेखन, नेतृत्व विकास लगायतको क्रियाकलापहरु फाल्गुन ८ देखी ११ गते सम्म गराइरहेको अध्यक्ष राईले बताए ।

कार्यक्रमको अन्तिम दिन युवा, विद्यार्थी, अभिभावक र समूदायहरुलाई उत्साह थप्न संघिय सांसद माननीय विशाल भट्टराईलाई आमन्त्रण गरिएको राईले बताए ।

 

 

 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्