थाइ बक्सिङका लागी नेपाली टोली थाइल्यान्ड जाँदै (भिडियो सहित)

–शान्ती नाछिरिङ
काठमान्डौँ । नेपाल थाइ बक्सिङ एशोसियसनले आज काठमाण्डौमा प्रत्रकार सम्मेलन गर्दै थाइल्याण्डमा आउँदो मार्च ७ देखी १७ सम्म हुन गइरहेको पाँचौ अन्तरराष्ट्रिय थाइ मार्सल आर्टस गेम फेस्टिभलमा भाग लिनका लागी नेपाली बक्सिङ टोली थाइल्यान्ड जाने भएको छ। दुई पुरुष खेलाडीसहित टोली ६ सदस्यीय रहेको छ ।
थाई बक्सिङका नेपाली गुरु नमराज भण्डारी, नेपाल थाइ बक्सिङ एशोसियसनका उपाध्यक्ष तथा कोच सरोज गिरीको नेतृत्वमा खेलाडीहरु राजु राई, बरुण घलेसहित ६ जनाको टोली मार्च ६ तारिखमा थाइल्यान्ड जाने भएको हो। यो खेल आउँदो मार्च ७ देखी १७ सम्म हुने र मार्च १८ फर्केने कुरा कोच सरोज गिरिले बताए । उनले थपे ‘हामी छोटो तयारी भए नि गेम जित्ने लक्ष्यको साथ पाँचौ अन्तरराष्ट्रिय थाइ मार्सल आर्टस गेम फेस्टिभलमा जाने छौ ।’

प्रमुख अतिथी देब प्रकाश समेत खेलाडिलाई शुभकामना दिदै राष्ट्रको नाम गरौब गर्ने गरी खेलेर आउन सुझाब दिनु भयो । नेपाल थाइबक्सिङ एसोसियसनका अध्यक्ष नवराज भन्डारी भन्छन्, ‘हामी सबैको एउटै लक्ष्य भनेको देशको नाम राख्नु हो । पैसा कमाउन होइन भने सबैजना एकजुट भए मात्र त्यो लक्ष्य पूरा गर्न सकिन्छ ।’ राजधानीका बौद्ध, सुकेधारा, बुढानीलकण्ठ, हात्तीगौंडा, विशालनगरका क्लब र मिनार, बीएमसीलगायत स्कुलमा थाई बक्सिङको तालिम दिइन्छ । जसमा सेना, प्रहरी र विदेशीले यो खेल सिक्छन् । नेपालमा थाइ बक्सिङ खेल नेपाल थाइबक्सिङ एसोसियसनका अध्यक्ष नवराज भन्डारीले सन २००७ देखि भित्र्याएको खेल हो ।
सरोज गिरीले कोच गर्ने उक्त खेलमा राजु राई नेपालमा दुई पटक च्याम्पियन भइसकेका खेलाडी हुुन भने बरुण घले भारतबाट समेत मेडल लिएका खेलाडी हुन । राजु राईको स्पिड र अनुभब राम्रो छ भने बरुण घलेको कर्नर पन्च (देब्रे हात) चल्ने भएकोले प्रतिष्पर्धाको गर्ने खेलाडी डिपेन्स गर्ने झुक्किने हुँदा बरुणको सम्भाबना पदक जित्ने धेरै रहेको कुरा कोच सरोज गिरिले बताए । थाइल्यान्डमा हुने खेलमा राजु राई ५७ किलो र बरुण घले ५४ किलोमा प्रतिस्पर्धा गर्ने लागेको हुन ।
नेपालमा अझै पनि ‘मुआ थाई’ अनौठो खेल मानिन्छ । थाइल्याण्डको युद्धमा प्रयोग भएको यस खेल थाइ आर्मीबाट सुरू भएको हो । यो खेलको चर्चा दिनप्रदिन नेपाल लगायत बिश्वभरी भई रहेको छ । मुय थाई वा शाब्दिक थाई बक्सिंग थाईल्यान्डको लडाई खेल हो जुन विभिन्न क्लिनिक टेक्निकको साथ स्ट्यान्ड-अप स्ट्राइकिंग प्रयोग गर्दछ। यो अनुशासनलाई “आठ अंगहरूको कला” भनेर चिनिन्छ किनकि यो मुट्ठी, कुहिनो, घुँडा, र जुत्ताको संयुक्त प्रयोगको विशेषता हो।
२० औं २१ औं शताब्दीको उत्तरार्धमा मुय थाई अन्तर्राष्ट्रिय स्तरमा व्यापक रूपमा फैलियो, जब थाइल्याण्डका पश्चिमी चिकित्सकहरूले किक बक्सिङ, मिश्रित नियम म्याचहरू, साथै विश्वभरिका मुय थाई नियम अन्तर्गत खेलहरू प्रतिस्पर्धा गर्न थाले। पेशेवर लिग थाईल्याण्डको प्रोफेशनल बक्सिङ एसोसिएशन (P.A.T) द्वारा संचालित हो जुन खेल थाईल्याण्ड अफ थाईल्यान्ड (SAT) द्वारा स्वीकृत गरिएको छ, र विश्वव्यापी प्रोफेशनल मुय थाई फेडरेशन (WMF) रहेको छ ।
भिडियो हेर्नुस