बास्कोटालाई कार्बाहिको माग सहित वाईसिएलले कडा बिज्ञाप्ती निकाल्यो

काठमाडौं । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आर्थिक लेनदेनको विषयमा डिलिङ्ग गर्दै गरेको एउटा अडियो टेप सार्वजानिक भएको थियो ।
युट्युवमा सार्वजानिक गरिएको सो अडियो रेकर्डमा मन्त्री बाँस्कोटाले स्वीजरल्याण्डको राजदूतावाससँग सम्बन्धी प्रसंग जोड्ने एक व्यक्तिसँग गरेको कुराकानीमा आर्थिक लेनदेनको प्रसंग उल्लेख गरिएको बिषयमा समचार बाहिर आए पछी राजिनामा दिएको गोकुल बास्कोटालाई असभ्य भाषा प्रयोग गरेकोले हदैसम्मको कार्यबाही हुनु पर्ने माग राख्दै नेकपा माओबादी केन्द्र निकट युवा कम्युनिष्ट लिगले प्रेस बिज्ञाप्ती निकालेको छ ।
कमिसन खेलमा मुछिएका निवर्तमान मन्त्री गोकुल बास्कोटाले राजिनामा दिएर मात्रै नपुग्ने बताएका छन् । उनले कारवाहीको माग गरेका छन् । यस प्रेस बिज्ञप्तीमा युवा कम्युनिष्ट लिगको कार्यबाहक अध्यक्ष प्रकाश दुमी राईद्वारा हस्ताक्षर गरिएको छ । बालुवाटारको जग्गामा बिष्णु पौड्याल लाई जोगाए जस्तै राजिनाम दिदैमा गोकुल बास्कोटालाई त्यतिकै उन्मुक्ती दिनु नहुने भन्दी कडा बिज्ञाप्ती जारी गरिएको छ ।
प्रेश बिज्ञाप्ती हेर्नुस :