Logo

दयाहाङ राई झन व्यस्त


41 Views

फिल्म बन्ने क्रम पोहोर सालको तुलनामा कम छ। धेरै हिरो–हिरोइन फुर्सदमा छन्। कतिले यो फुर्सद म्युजिक भिडियो खेलेर सदुपयोग गरिरहेका छन्। तर, जति बनिरहेका छन् तिनमा कि सौगात मल्ल छन् कि दयाहाङ राई।

सौगात मल्ल त अहिले सृष्टि श्रेष्ठलाई समेत प्याकेजमा समावेश गरेर फिल्म खेलिरहेका छन्। अर्थात्, जुन फिल्ममा सौगात हुन्छन्, त्यो फिल्ममा सृष्टिलाई सिफारिस गर्छन् नै। यता दया केही समय प्रियंका कार्कीसँग जोडी बाँधेर अगाडि बढेका थिए तर प्रियंकाले बीचैमा आयुष्मानको हात समाएपछि उनी एक्लै छन्, तर झन् व्यस्त छन्।

दयाले भर्खरै मात्र कवि उपेन्द्र सुब्बाको निर्देशनमा बन्न लागेको फिल्मको सुटिङ सकाएका थिए। यसबाट राम्ररी विश्राम लिन पाएका थिएनन्, उनी दीपेन्द्र लामाको निर्देशनमा बन्न लागेको ‘२ नम्बर’ को सेटमा जान तयार छन्। यसको सुटिङ सकिनेबित्तिकै उनी ‘के घर के डेरा’को सुटिङमा जानेछन्। यो फिल्मको सुटिङ सकिएपछि उनी ‘कबड्डी ४’को सुटिङमा हाजिर हुनेछन्।

एक समय राजेश हमाल एकै समयमा तीन फिल्मको सुटिङ गर्थे। दयाको पनि स्पिड चाहिँ कम छैन।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्
//graizoah.com/afu.php?zoneid=1766347