बिष्णुमाया तुम्बाहाम्फे कानुन मन्त्रीमा नियुक्त सफतग्रहण पछी आजैदेखी पदभार सम्हालिन

नवनियुक्त कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाम्फेले पदभार सम्हालेकी छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्री तुम्बाहाम्फेलाई शपथ ग्रहण गराएकी थिइन् । दिउँसो साढे तीनबजे राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ ग्रहण गरेकी तुम्बाहाम्फेले आजैबाट पदभार सम्हालेकी छन् ।
‘नवनियुक्त मन्त्री तुम्बाहाम्फेले आजै सिंहदरबारस्थित मन्त्रालयमा उपस्थित भई पदभार सम्हाल्नु भएको छ’ मन्त्रालयका एक अधिकृतले भने ।
तुम्बाहाम्फे यसअघि उपसभामुख थिईन । प्रतिनिधी सभाका तत्कालिन सभामुख कृष्णबहादुर महरा यौन काण्डमा मुछिएपछि उनलाई पदबाट राजिनामा दिन सत्तारुढ दल नेकपाले निर्देशन गरेको थियो । पार्टीको निर्देशनपछि तुम्बाहाम्फेले राजिनामा दिएकी थिइन ।