Logo

महराविरुद्ध लागेको मुद्दाको सुनुवाई भोली हुने


फाल्गुन ४, २०७६

 

काठमाडौँ — पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दाको अन्तिम बहस सकिएको छ । काठमाडौं जिल्ला अदालतमा आइतबार अन्तिम बहस सकिएको हो । अदालतले सोमबार फैसला सुनाउने सह-प्रवक्ता टीकासिंह खत्रीले बताए ।

आइतबार नै फैसला सुनाउने तयारी भएपनि समय अभावको कारण सोमबारलाई सारिएको प्रवक्ता खत्रीले बताए।
जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासमा अन्तिमबहस चलेको थियो। महराको पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी, लभ मैनाली, दिनमणी पोखरेल, भीमार्जुन आचार्यलगायतले बहस गरेका थिए।

सरकारी पक्षबाट उमाकान्त खनाल लगायतका वकिलहरूलेजवाफ दिएका थिए। त्यसपछि न्यायाधीश पौडेलले फैसला लेखिसकेका थिए । टाइपिङमा ढिलाइ भएको भन्दै साँझ साढे ५ बजे फैसला सोमबार सुनाउने भनेर उनी बाहिरिएका थिए ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्