सुरज कुमार थापाको खाली हुँदा बोलको नयाँ गित सार्बजनिक
मुन्धुम स्टार डटकम- सुरज कुमार थापाको “खाली हुँदा भरिन मन लाग्छ, भरी हुँदा पोखिन मन लाग्छ” बोलको गित सार्बजनिक भएको छ।
धेरै गित हरुमा आफ्नो मखमली स्वरले जादु चलाई सकेका बहुप्रतिभासाली कलाकार तथा लोकप्रीय गायक सुरज कुमार थापाको स्वरमा रहेको उक्त गित राखी गौचनले लेख्नु भएको हो।
सतहि धारमा तर अरु भन्दा फरक र कमाण्ड भाब सहितको शक्तिशाली शब्द छनोट गर्ने क्षमता नै गितकार तथा कबयत्री राखी गौचनको मुख्य बिषेशता हो। नेपाली गित संङ्गितका चर्चित तथा लोकप्रीय नयाँ देखी पुराना सङ्गीतकार हरुले वहाँको शब्दहरुमा सङ्गीत भरिसकेका छन भने नेपाली गायन क्षेत्रमा थुप्रै स्थापित गयक, गायिका हरुले गितकार राखी गौचनको गित गाईसकेका छन।
सयौं गितहरु लेखी नेपालि गित संङ्गितलाई योग्दान पुर्याएको गितकार गौचनको यो बिसुद्द प्रेमको भाब बोकेको गितमा संङ्गितकार किरण कँडेलको मिठो सङ्गीत रहेको छ उक्त गितलाई OSR digital युट्युब च्यानलले आफ्नै अफिसियल युट्युब च्यानल बाट प्रणय दिवसकै माहोलको बिच सार्बजनिक गरेको हो।
यो गितमा शब्द, सङ्गीत र स्वरको बेजोड सम्योजन मिलेको अनि म्युजिक भिडियो पनि राम्रो बनेको र यो गितले माया प्रेमको गहिरो भाब बोकेको छ भने यो गीत एउटा यथार्थ अनि परिपक्व ब्याबहारको सारंश पनि भएको हुँदा श्रोता तथा दर्शक हरुले मन पराईदिने कुरामा आफुहरु बिष्वस्त रहेको यो गितको गायक सुरज कुमार थापा र गितकार राखी गौचनले मुन्धुम स्टार डटकम लाई बताए।
कृपया पुरा गितको भिडियो हेर्नको लागी तलको लिङ्कमा क्लिक गर्नु होला।



