Logo

जनताको कर जनताको बुझ्ने अधिकार, सार्वजनिक सुनुवाई सम्पन्न


– विसा राई

जनताको कर जनताको बुझ्ने अधिकार, सरकारको व्यवस्थापन गर्ने जिम्मा अनुरुप खोटाङ हलेसी तुवाचुङ नगरपालीकाको सबै वडाहरुमा सार्वजनि सुनुवाई सम्पन्न भएको छ ।

 

वडाहरुको सार्वजनिक सुनुवाई कार्यक्रम अन्र्तगत नगरको वडा नं.५ को सार्वजनितक सुनुवाई कार्यक्रम वडा नं.५ को कार्यालय छापडाँडामा २९ गते माघ २०७६ मा सम्पन्न भएको वडा अध्यक्ष रमेश तिवारीले बताउनु भयो ।

 

अध्यक्ष तिवारीको अध्यक्षतामा सम्पन्न भएको उक्त सार्वजनि कार्यक्रम नगरको उपप्रमुख विमला राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । उक्त कार्यक्रम खासगरी आर्थिक वर्ष २०७६/०७७ को सेवा प्रवाह सम्बन्धि सुनुवाई भएको अध्यक्षले बताउनु भयो ।

 

उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा नगर पार्टीहरुका प्रतिनीधिहरु, समाजसेवीहरु, प्रहरी प्रशासन, शिक्षक, जनसमूदायहरु, उपभोक्ता समितिहरु लगायत जनताहरुको बाक्लो सभागीता रहेको थियो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्