पीडित विष्णु मायाको परिवारलाई विनिता राई र अरुण राईद्वारा सहयोग रकम हस्तान्तरण

राज कुमार राई,२८,माघ –काठमाण्डौं । क्यान्सर रोगको सिकारबाट आमा घुमाएकी पीडित विष्णु माया लो, तामाङ लाई गायीका विनिता राई र समाजसेवी तथा साहित्यकार अरुण कुमार राईले आर्थिक सहयोग रकम हस्तान्तरण गरेका छन् । थोरै रकम भए पनि केही औषधी किन्न भनेर उनीहरुले सोमबार पीडितको डेरामा नै गएर रकम हस्तान्तरण गरेका हुनु । उदयपुर जिल्ला लिमचुङबुङ -१ निवासी अरुण कुमार रार्ई रु १५००, उदयपुर जिल्ला लिमचुङबुङ -२ निवासी विनिता राई रु १०००,उदयपुर जिल्ला रौतामाई गाउँपालिका वडा नं(५ निवासी समाजसेवी राम कुमार राई रु १०००,सोलुखुम्बु जिल्ला निवासी समाजसेवी श्याम कुमार राई रजिन बाबु हाल कोरिया बाट रु २००० गरि जम्मा पाँच हजार पाँच सय रुपैया हस्तान्तरण गरेका हन् ।
निकै आर्थिक चपेटामा पिल्सिएका विष्णु मायाको केही वर्षदेखि आमा र बुवा दुवै क्यान्सर रोगले ग्रसित हुदै आएका थिए । आर्थिक अभावकै कारण समयमा उपचार नपाउदा आमा मन मायाले गत हप्ता ज्यान गुमाएकी छन् । आमा र बुवा दुवै क्यान्सर पीडित भएर थला परेपछि केही सीप नलागेर विष्णु माया फेसबुक लाईभमा सहयोग माग्न आईन् । जुन भिडियो हेरेर विभिन्न सामाजिक अभियन्ता,समाजसेवी तथा अन्य थुप्रै सहयोगी हातहरु सहयोग जुताउन अगाडी बढे । यतिखेर विष्णु मायाको जिवनमा बज्रपात आई परेको छ ।
एक उनी आफै १७ वर्षीय वालिका,अर्को तर्फ आफनो बुवा कसरी बचाउने भन्ने चिन्ता र एकातर्फ आफनो पढाईको पनि चिन्ता छ । करिअर निर्माणको क्रममा उनी भर्खरै १२ मा पढदै छिन् । उनको परिवारको कुनै जागिर व्यावसाय छैन । जम्मा दुई दाजुभाई र दुई दिदीबहिनी रहेका उनको परिवार उनी बाहेक सबै रोगी भएको उनी बताउछिन् । उनको ठूली दिदी र जेठो दाई विहे गरेर पनि छुटी सकेका छन् । अब डेरामा बुवा उनी र उनको कान्छा दाई मात्र छन् । कान्छो दाई पनि रोगी भएको कारण सबै बुवाको हेरचाह जिम्मेवारी नै मुख्य रुपमा आफनो काँधमा आएको उनी बताउछिन् । आफनो परिवारको कुनै आर्थिक स्रोत नभए पछि सबै सहयोगी दाता नै आफनो परिवारको आर्थिक स्रोत र भगवान भएको बताइन् ।
उहाँकी पिता बिरवहादुर लो पनि प्राण घाटक क्यान्सर रोगको सिकारबाट थला परि रहेको । अवस्थामा एक चक्की औषधी किन्ने पैसा पनि उनको लागि ठूलो सहयोग हुन्छ । यस्तो दर्दनाक आवस्था र दयनीय जिवन देखेर आफूहरुले पनि केही सक्दो सहयोग गरेको गायीका विनिता राईले बताइन् । अहिले आफूहरुले जति सकेको सहयोग गरेको र फेरि आगामी दिनमा अरु सहयोगी दाताहरुसँग सहयोग रकम उठाउने पनि जनकारी दिइन् । साथै आफूले एक शब्द बोल्दा मनकारी तथा समाजसेवी श्यमा कुमार राई रजिन बाबु, सामाजसेवी तथा साहित्यकार अरुण राई, सामाजिक अभियन्ता राम कुमार राई,लगायतलाई विशेष धन्यबाद दिन चाहेको गायीका राईले बताइन् ।
पीडितको डेरामा आफै पुगेका अरुण राईले यस्ता दीन दुःखीहरुको आफूले सकेको सहयोग गर्न पाउदा साह्रै खुशी लागेको बताए । सबैको एक एक पैसा सहयोगले विष्णु बहिनीको आमाको निधनले भएको ताजा घाऊ पनि निको हुने र आत्मामनोबल बढ्ने विश्वास पनि रहेको राईले बताए । पीडितलाई भेटने अवसर विनिता राईले गर्दा भएको बताउदै सम्पूर्ण जस पनि उहाँलाई दिन चाहेको उहाँको भनाई थियो ।