Logo

गायीका विनिता राई र अरुण कुमार राईको “गाईघाट हुदै घुम्न जाऊ,पहाडी लिमचुङबुङ,” अब बजारमा आउने तयारी


राज कुमार राई,२८,माघ –काठमाण्डौं । गायीका विनिता राई र साहित्यकार अरुण कुमार राईको नयाँ मार्मिक गीत रेर्कडिङ भएको छ । सो गीत अब चाडै भिडियो सहित बजारमा आउने भएको छ । उदयपुर जिल्ला लिमचुङबुङ (द्द मा जन्मेर राजधानी काठमाण्डौंलाई आफ्नो कर्मथलो बनाएकी गायीका राई सदावहार गायीका हुन् । लामो समयदेखि गीत संगितमा उदाएकी गायीका राई र समाज परिवर्तनका लागि पहिचान मुलक लेख रचना सशक्त ढङ्गले सृजना गर्ने साहित्यकार अरुण राईको संयुक्त गीत रेर्कडिङ भएको हो ।

उदयपुर जिल्लाको लिमचुङबुङ (१ मा जन्मेर लामो समयदेखि साहित्यक लेख रचना गर्दै सशक्त रुपमा कलम चाउदै आएका अरुण कुमार राईको आफनै मार्मिक शब्द रचना यो गीतमा समेटिएको छ । गायीका विनिता राई र रचनाकार अरुण राईको मीठो स्वर लहरी रहेको गीतमा डां किराँतले संगीतबद्ध गर्नुभएको हो । गीत निकै मार्मिक बनेको छ । गाँउवस्ती र प्रकृतिको पृष्ठभुमीमा सोल्टिी सोल्टिनी बीचको आपसी माया प्रेम मिसाइएकोले यो गीत निकै रोचक बनेको । लिमचुङबुङ गाउँपालिकाको समग्रह प्रतिनिधित्व यो गीतले गरेको छ ।

“गाईघाट हुदै घुम्न जाऊ,पहाडी लिमचुङबुङ,प्रकृतिसँगै रमेर बसौं,गाँउ माथी छ,बैचुङ” भन्दै साहित्य सर्जक राई र गायीका विनिता राईले यो गीतमा दोहोरी खेलेका छन् । गाउँवस्तीको पखेरोमा जन्मेर घरबाट धेरै टाढाको विद्यालय पढ्न जांदा बाटोमा रङ्गीबिरङ्गी अनौठो सुन्दर प्राकृतिक मोहवाहक छटासँग खेल्दाखेल्दै साहित्य रचना गर्न पुगेको नव गायक तथा साहित्यकार राईले बताए । पहिचान मुलक विधामा कलम चलाए पनि साहित्यकार र कलाकार सबैको साझा भएकोले पहिचानबादी साहित्यकार भनेर आफूलाई चिनाउन भने, नचाहेको राईले बताउनु भयो । विशेष गरी जगल,कविता,कथा,नाटक,गीत जस्ता विधामा राईले कलम चलाएका हुन् ।

राईले भन्नु भयो,गायन क्षेत्रमा भने यो मेरो पहिलो अनुभव हो । गीत संगित क्षेत्रमा एक दशक लामो समय पार गरेकी गायीका राईले गीत रोचक हुनुमा शब्द रचना नै राम्रो हुनुपर्ने बताइन् । राईले भन्नु भयो,यो गीतमा पनि शब्द रचना राम्रो भएकोले राम्रो आशा गरेको छु । यसको भिडियो पनि चाडै नै बनाउने तयारीमा छौ भन्नुभयो । मेहिनत,धैर्यता, र सक्रिय रुपमा लाग्यो भने गीत संगितमा उज्वल वभिष्य रहेको पनि गायीका राईले ताइन् । आफनो प्रतिभा भएर पनि प्रर्दशन गर्ने ठाँउ नपाउदा भने हरेक कलाकारहरुको मनोवल गिरेकोे गायीका राईले बताइन् । हरेक कलाकारहरुको दर्शक स्रोता र स्टेज प्रोग्राम नै मुख्य हौशलाको स्रोत भएकोले संधै आमुन्यसामुन्य भई रहनु नितान्त आवश्यक रहेको गायीका राईको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्