Logo

कोरोनाभाइरस: यो प्रकोपसँग सम्बन्धित सम्पूर्ण घटनामा ‘राजनीति मिसिएको छ ‘ प्रचण्ड, यो चीनलाई तल खसाल्ने पश्चिमा षड्यन्त्र हो बिजुक्छे,


विश्व स्वास्थ्य सङ्गठनले नयाँ कोरोनाभाइरसविरुद्धको सङ्घर्षलाई हल्ला तथा आधारहीन आशङ्काले प्रभावित पारिरहेको भन्दै चिन्ता व्यक्त गरिरहेको बेला नेपालका केही वरिष्ठ नेताहरूले पनि चीनमा फैलिएको उक्त भाइरसको प्रकोपमा बाह्य शक्तिको हात रहेको हुन सक्ने आशयका टिप्पणी व्यक्त गरेका छन्।

हालैका दिनमा नेपालका दुई वामपन्थी नेताहरूले कोरोनाभाइरसको प्रकोपलाई अस्वाभाविक मान्दै सार्वजिनक टिप्पणी गरेका छन्। उनीहरूले भनाइमा “चीनको विकासको वेग रोक्ने प्रपञ्च पनि हुन सक्ने’ भाव झल्किन्छ।

उनीहरूले बोलेको कुराबारे सामाजिक सञ्जालमा पनि चर्चा भएको छ।

प्रचण्डले के भने ?

केही दिनअगाडि बोल्दै सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनमा फैलिएको प्रकोपसँग सम्बन्धित सम्पूर्ण घटनामा ‘राजनीति मिसिएको’ अर्थपूर्ण टिप्पणी गरे।

प्रचण्ड

उनले कोरोनाभाइरस सङ्क्रमणबारे “चीनलाई नरुचाउने वा मन नपराउनेहरूले” प्रचार गरेको दाबी गरे।

“यसको प्रचारमा चाहिँ चीनलाई नरुचाउने शक्तिहरूले राजनीति गरेर वातावरणलाई त्रसित बनाइदिन खोजेको पनि हुन सक्छ,” उनले भने।

बिजुक्छेले के भने ?

प्रचण्ड भन्दा अझ अघि बढेर नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले त सोझै यो प्रकरणलाई चीनलाई तल खसाल्ने पश्चिमा षड्यन्त्रसँग तुलना गरेका छन्।

आइतवार भक्तपुरमा बोल्दै उनले पश्चिमा देश विशेषत: अमेरिकालाई चीनले विकासमा पछार्न लागेकाले दु:ख दिने उद्देश्यका साथ कोरोनाभाइरस सङ्क्रमण गराएको हुन सक्ने बताए।

“अबको २५ वर्षमा त हामीलाई पछार्छ र पुँजीवाद खत्तम हुन्छ भन्ने थाहा पाएर चीनलाई अब कसरी दु:ख दिने हो भन्ने तिनीहरूको मनमा परेको छ। सम्भवत: अहिले यो अचानक जुन कोरोनाभाइरस भनेर फैलाएको छ त्यो उनीहरूले नै फैलाएको हो कि भन्ने लाग्छ,” बिजुक्छेले भनेका थिए।

दुवै नेताले आफ्ना आशङ्का पुष्टि गर्ने कुनै प्रमाण भने दिएनन्।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्