Logo

कामदार झुण्डिएको अवस्थामा मृत फेला पर्‍यो, पूर्वसचिव पत्नी मुना कार्कीको उपचारको क्रममा ज्यान गयो


घरमै गम्भीर घाइते अवस्थामा फेला परेकी पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको उपचारको क्रममा निधन भएको छ ।

उनको टाउकोमा गम्भीर चोट लागेको थियो । उनको घरमा काम गर्ने दाङ घर भएका २२ वर्षीय नवीन चौधरी झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

पूर्वसचिव कार्की बिहान घुमेर घर फर्किंदा श्रीमती घाइते र कामदार चौधरी झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

दुवैैलाई अस्पताल लगिएको थियो । मुनाको उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी श्याम ज्ञवालीले बताए । ज्ञवालीले प्रारम्भीक अनुसन्धानबाट चौधरीले मुनालाई पिर्काले टाउकोमा प्रहार गरेपछि डोरीमा झुण्डिएर आत्महत्या गरेको देखिएको बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको ज्ञवालीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्