Logo

एक नं प्रदेशलाई किरात प्रदेश नामाङ्कण गर्न लिम्बुवान किरात संयुक्त संघर्ष समितिको माग: आफ्नो मागलाई बेवास्ता गरे सशक्त आन्दोलन गर्ने चेतावनी


लिम्बुवान किरात संयुक्त संघर्ष समितिले प्रदेश १ को तत्काल नामाकरण गर्न माग गरेको छ । दुई वर्षसम्म पनि प्रदेशको नामाकरण हुन नसकेकोमा आपत्ति जनाउँदै संघर्ष समितिले पहिचानको आधारमा नामाकरण गर्न आग्रह गरेको हो ।

संघर्ष समितिले सोमबार ताप्लेजुङमा पत्रकार सम्मेलन गरी प्रदेश १ को नाम लिम्बुवान अथवा किरात प्रदेश राख्न आग्रह गरेको छ । नामाकरण भएका प्रदेशहरूको नाम पनि पहिचानविहीन तथा पञ्चायती शैलीमा राखिएको समितिको आरोप छ । समितिले चालु हिउँदे अधिवेशनबाटै ऐतिहासिक, शासकीय, भौगोलिकता, सामाजिक, सांस्कृतिक संरचनागत क्लष्टरलाई समेटेर नाम टुंगो लगाउन माग गरेको छ ।

संघर्ष समितिले मागको बेवास्ता गरे सशक्त आन्दोलन गर्नेसमेत जनाएको छ । विज्ञप्तिमा नेकपा सम्बद्ध लिम्बुवान राष्ट्रिय मोर्चा नेपालका जिल्ला संयोजक सागर आङ्बुहाङ, समाजवादी पार्टी नेपाल, संघीय लिम्बुवान मञ्च नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, आदिवासी जनजाति महासंघलगायत ११ वटा पार्टी तथा संघ–संस्थाका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्