Logo

युवा अभियन्ता नवीन गुरुङ सम्मानित


इटहरी-पूर्वाञ्चलको सर्वोत्कृष्ट कस्तुरी एकेडमी इटहरीले आफ्नो २२ वार्षिकोत्सवको अवसरमा पत्रकारिता, चलचित्र तथा सामाजिक क्षेत्रमा क्रियशील युवा अभियन्ता नबिन गुरुङलाई सम्मान गरेको छ ।

उनीसँगै सामाजिक, खेलकुद तथा संगीत क्षेत्रका अन्यलाई पनि कस्तुरीले सम्मान गरेको हो । सामाजिक क्षेत्रमा क्रियशील अभियन्ता गुरुङलाई समाजमा उनले पुराएको सामाजिक योगदानको उच्च कदर एवं मुल्यकंन गर्दै सम्मान प्रदान गरिएको, कस्तुरीले जनाएको छ ।

एकेडमीमा हुदाँदेखि नै गुरुङ श्रृजनशील रहेको स्मरण गराउदै कस्तुरीले गुरुङले चलचित्र तथा संचार जगतमा पाएको सफलताको पनि प्रशंसा गरेको छ । शनिबार सम्पन्न भव्य कार्यक्रममा कस्तुरीका प्राचार्य कमलेश पौंड्यालले कस्तुरीको ईतिहासमा गुरुङले अमुल्य योगदान दिएको बताए ।

पूर्वाञ्चलको सर्वोत्कृष्ट एकेडमीले सम्मान गरेपछि प्रशन्न देखिएका गुरुङे आफुले पाएको सम्मान सम्पूर्ण कस्तुरीका आफ्ना ब्याजका साथीहरुसँग बाढ्न चाहेको मन्तव्यको क्रममा बताए । उनी कस्तुरी उच्च माध्यमिक विद्यालयका पूर्व विद्यार्थी हुन् ।

स्मरणरहोस्, उनकै संयोजकत्वमा कस्तुरीको इतिहासमा पहिलो पल्ट वेलकम प्रोग्राम (नयाँ विद्यार्थीलाई स्वागत सम्मान गर्ने कार्यक्रम) भएको थियो । आज यीनै गुरुङलाई सम्मान गर्दै कस्तुरीले देशविदेशमा ख्याती कमाएका आफ्ना पूर्व विद्यार्थीलाई सम्मान गर्ने कार्यक्रमको थालनी गरेको छ ।

यसअघि, गत पौष महिनामा गुरुङलाई तमू गुरुङ सञ्चारकर्मी संघ नेपालले हरेक वर्ष तमु (गुरुङ) समुदायको मौलिक चाड लोसारको अवसरमा प्रदान गर्दै आएको सीआई टेकबहादुर गुरूङ तथा रसकुमारी गुरूङ पत्रकारिता पुरस्कारबाट नगद पाँच हजार १ सय रुपैयाँसहित ताम्रापत्रबाट कार्यक्रमका प्रमुख अतिथी समेत रहेका महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरूङले संघीय राजधानी काठमाण्डौंमा सम्मान गरेको थियो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्