Logo

आईसीसी क्रिकेट विश्वकप लिग २ को त्रिदेशीय श्रृङ्खला अन्तर्गत आज नेपाल र अमेरिकाबीचको खेलमा नेपालद्वारा अमेरिका ३५ रनले पराजित


 

विश्वकप क्रिकेट लिग २ को शनिवार त्रिवि मैदान कीर्तिपुरमा भएको खेलमा नेपालले अमेरिकालाई ३५ रनले पराजित गरेको छ।

टस हारेर ब्याटिङ गरेको नेपालले अमेरिका सामु १९१ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

निर्धारित ५० ‌ओभरको खेलमा ४४.१ ‌ओभरमा अमेरिका ‘अल आउट’ (सबै खेलाडी बाहिर) भएका थिए। ३५ बल बाँकी छँदा नेपालले ३५ रनले अमेरिकामाथि विजय हासिल गरेको हो।

ओडीआई अर्थात एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा यो नेपालको पहिलो ऐतिहासिक जित हो।

त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलको पहिलो इनिङ्ग्समा नेपालले १९० रन बनाएको थियो। ४९.२ ओभरमा नेपालले सबै विकेट गुमाएर अमेरिका सामु १९१ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

अमेरिकाको चार विकेट लिएका नेपालका करण केसी उत्कृष्ट खेलाडी (प्लेयर अफ द म्याच) बन्न सफल भए।

नेपालका सुसन भारीले तीन, सन्दीप लामिछानेले दुई र कुशल मल्लले एक विकेट लिएका थिए।

पहिलो इनिङ्ग्स

पहिलो इनिङ्ग्सको खेलमा नेपालको तर्फबाट बिनोद भण्डारी र कुशल मल्ल दुवैले अर्धशतक पूरा गरेका थिए।

भण्डारीले ५९ रन बनाएका थिए भने मल्ल ५० रन बनाउन सफल भए।

यो कुशल मल्लको पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय खेल हो।

उनी १६ वर्षभन्दा कम उमेरका खेलाडी हुन्। उनले कम उमेरमैँ अर्धशतक पूरा गर्ने कीर्तिमान बनाएका छन्।

त्रिदेशीय श्रृङ्खला

आईसीसी क्रिकेट विश्वकप लिग २ को त्रिदेशीय श्रृङ्खला अन्तर्गत आज नेपाल र अमेरिकाबीच खेल भएको हो।

त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा खेल सुरु हुनुअघि नेपालले टस हारेपछि पहिला ब्याटिङ गरेको थियो।

आज पहिलो खेल खेलेका कुशल मल्ल रोहित पौडेलको स्थानमा आएका थिए।

त्यस्तै सुवास खकुरेलले शरद भेषावकरलाई प्रतिस्थापन गरे।

काठमाण्डूमा जारी त्रिदेशीय श्रृङ्खलामा नेपाल र अमेरिका दुवैले ओमानसँग पराजय भोगेका थिए।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्