Logo

नेकपाले अख्तियारलाई आफ्नो भातृसंस्था जस्तो बनाउन खोज्यो : नेविसंघ अध्यक्ष ढुंगाना


नेपाल विद्यार्थी संघका अध्यक्ष राजिव ढुंगानाले संवैधानिक निकाय अख्तियारलाई नेकपा सरकारले आफ्नो भातृसंस्थाको रुपमाअगाडि बढाउन खोजेको आरोप लगाएका छन् । कांग्रेस उपसभापति विजयकुमार गच्छदारलाई ललिता निवास प्रकरणमा नियोजित रुपमा मुद्दा चलाएको विरोधमा शुक्रबार काठमाडौंको माइतीघरमा आयोजित प्रर्दशनमा ढुंगानाले भने, ‘संवैधानिक निकायलाई भातृसंस्था बनाउन खोजे आन्दोलनको आँधीबेहरी ल्याउँछौं, यो आँधीले वर्तमान सरकारमात्र होइन, तपाईहरुको अख्तियारलाई पनि बगाएर लान्छ ।’

उनले ललिता निवास जग्गा प्रकरण नेकपाका नेता माधव नेपाल प्रधानमन्त्री हुँदा निर्णय भएको उल्लेख गरे । ‘निर्णय गर्ने निर्दोष हुने कहाँको न्याय हो ?’ उनले प्रश्न गरे, ‘आफ्नो नेतामाथि मुद्दा लाग्यो भनेर रुवावासी गर्यो भनेर भन्नु होला, हाम्रा नेता मुद्दाको प्रतिवाद गर्न तयार छन् ।’

उनले नेकपा महासचिव विष्णु पौडले जग्गा लेनदेन गराएर आठ आना जग्गा भूमाफियाबाट लिएको उल्लेख गर्दै भने, ‘महासचिव पौडेल जग्गा बाँड्ने कामको मतियार बने, उनलाई सरकारले उन्मुक्ति दियो ।’

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्