Logo

राजनितिक प्रतिसोधका आधारमा गक्षदारलाई भ्र्ष्टचारको मुद्दामा फसाई बिष्णु पौडेललाई उन्मुक्ती दिएको भन्दै कंग्रेसद्वारा संसद अबरुद्द


प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिहीबारको प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ । पार्टी उपसभापति तथा संसदीय दलका उपनेता विजयकुमार गच्छदारको मुद्दालाई लिएर कांग्रेसले प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको हो ।

राजनीतिक पूर्वाग्रहका आधारमा आफ्ना नेताविरुद्ध बालुवाटार प्रकरणमा मुद्दा चलाएको आरोप लगाउँदै सरकारले अख्तियारको प्रयोग गरेर कांग्रेस र अन्य नेताहरुप्रति असमान र अन्यायपूर्ण व्यवहार गरेको बताएको छ ।

बैठकमा कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले राजनीतिक प्रतिशोधका आधारमा गच्छदारमाथि मुद्दा लगाइएको बताइन् । ‘संवैधानिक अङ्ग पनि सरकार लाचार छायाँ भएको पुष्टि भएको छ। सरकारको राजनीतिक पूर्वाग्रह साँध्ने निकाय भएको छ’ उनले भनिन्, ‘ भुसालले मुलुकको लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाउने गरी मुद्दा दायर गरिएको पनि बताइन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्