प्रधानमन्त्रीले मंगलबार बालुवाटारमा आयोजित कार्यक्रममा बाँसुरी बजाएको दृष्य प्रती दाहालले के भने ?

पोखरा- नेकपाको अर्का अध्यक्ष पुष्प कमल दाहालले पोखराको एक कारेक्रममा प्रधानमन्त्रीले मंगलबार बालुवाटारमा आयोजित कार्यक्रममा बाँसुरी बजाउनु संयोगमात्र भएको बताए ।
‘हिजो बिहान म बालुवाटारमा थिएँ । प्रधानमन्त्रीले तपाईं बस्नैपर्यो भन्नुभयो । मैले त पोखरा जाने कार्यक्रम बनाइसकें, बस्न नसक्ने भएँ भने । उहाँले तपाईं आउनैपथ्र्यों मैले विशेष ढंगले सोच्याँथें भन्नुभएको थियो,’ प्रचण्डले भने, ‘त्यसैले यो संयोगबाहेक केही होइन, अर्को कुनै अर्थ नखोज्नुहोला दुख हुन्छ ।’