Logo

मृगौला प्रत्यारोपण ठूलो कुरा होईन, म चाँडै मृगौला प्रत्यारोपण गर्छु: प्रधानमन्त्री


माघ २१, २०७६

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले चाँडै मृगौला प्रत्यारोपण गर्ने बताएका छन् ।

मंगलबार साँझ बालुवाटारमा सम्पादकहरुसँगको भेटमा उनले अहिलेको जमानामा मृगौला प्रत्यारोपण ठूलो कुरा नभएको भन्दै यसले कुनै समस्या नहुने पनि बताए ।

‘तीन वर्षपछि चुनाव हुन्छ । त्यसपछि म प्रधानमन्त्री रहने होइन। म तपाईहरूलाई भन्छु चाडै किड्नी ट्रान्सप्लान्ट गर्छु । अलिअलि समस्या छ । एउटा किड्नी ल्याएर थप राख्छु । यो ठूलो कुरा नै होइन चिन्ता नगर्नुस् ।’
उनले अहिलेभन्दा सजिलोसँग काम गर्न सकियोस् भनेर प्रत्यारोपण गर्न लागेको पनि बताए । एकपटक प्रत्यारोपण गरिसकेका प्रधानमन्त्रीको मृगौलामा समस्या देखिएपछि उनी नियमित डायलासिसमा छन् ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्