Logo

चीनले १० दिनमा नयाँ अस्पतालबनाई जनमुक्ति सेना(पीएलए) का एक हजार ४ सय स्वास्थ्यकर्मी संक्रमितहरुको उपचारका लागि खटायो


चीनमा नयाँ अस्पतालले बिरामी भर्ना गर्न थाल्यो

वुहान — चीनले कोरोना भाइरस संक्रमितको उपचारका लागि १० दिनमा एक हजार शय्याको अस्पताल बनाएको छ । प्राणघातक कोरोना भाइरसको उद्‍गमस्थल वुहानमा चीनले बनाएको एक हजार शय्याको अस्पताल सोमबारदेखि सञ्चालनमा आएको हो । चीनले नयाँ अस्पतालमा स्वास्थ्यकर्मी र स्वास्थ्य उपकरण पठाइसकेको छ ।

हुबेईको वुहानमा कोरोना भाइरस संक्रमितको उपचारका लागि बनाइएको नयाँ अस्पताल तस्बिर : एपी

यसैबीच समाचार संस्था एपीले जनाएअनुसार सोमबार बिहान १० बजे अस्पतालमा एक जना बिरामी आइपुगेका छन्। बिरामीको अवस्था कस्तो छ र को हुन् भन्नेबारेमा केही जानकारी सार्वजनिक गरिएको छैन।

zz

तस्बिर : एपी

डिसेम्बर अन्तिमबाट फैलिएको कोरोना भाइरसका कारण चीनमा ३६१ र फिलिपिन्समा एक जनाको मृत्यु भइसकेको छ। त्यस्तै १७ हजारभन्दा बढी व्यक्ति यसबाट संक्रमित भएका छन्।

तस्बिर : एपी

चीनले जनवरी २४ बाट बनाउन थालेको अस्पताल सोमबारदेखि सञ्चालनमा आएको हो। चिनियाँ अधिकारीका अनुसार यो अस्पताल सन् २००३ मा सार्स संक्रमितका लागि बेइजिङमा बनाइको सियाताङ्शान अस्पतालकै मोडेलमा बनाइएको छ। त्यतिबेला चीनले बेइजिङमा ७ दिनमै अस्पताल बनाएको थियो।

तस्बिर : एपी

नयाँ अस्पतालमा एक हजार ४ सय स्वास्थ्यकर्मी खटाइएका छन्। सबै स्वास्थ्यकर्मी चिनियाँ जनमुक्ति सेना(पीएलए) का हुन्। यो अस्पताल २५ हजार वर्ग किलोमिटरमा फैलिएको छ।

तस्बिर : एपी

सिन्ह्वा न्युजका अनुसार यो अस्पताल बनाउन सिकर्मी, प्लम्बर, इलेक्ट्रिसियन तथा अन्य विज्ञ गरी ७ हजार व्यक्ति खटिएका थिए।

तस्बिर : एपी

यसअघि चीनले बुधबार हुवाङगाङ सहरमा कोरोना भाइरस संक्रमितको उपचारका लागि अस्पताल सञ्चालनमा ल्याएको थियो। हुवाङगाङ केन्द्रीय अस्पतालकै शाखाका रुपमा यो अस्पताल दुई दिनमा तयार भएको थियो  अस्पताल परिसरमा रहेको खाली भवनमा अत्याधुनिक उपकरणसहित अस्पताल तयार पारिएको थियो।

तस्बिर : एपी

जनवरी २४ देखि फेब्रुअरी २ तारिखसम्म अस्पताल निर्माणका तस्बिर : सिन्ह्‍वा

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्